नेपालगन्ज। नयाँ बजेटप्रति असन्तुष्टी जनाउँदै नेकपा एमाले सुदूरपश्चिमका प्रदेश सभा सदस्य बिरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। एमाले सत्तागठबन्धनको साझेदार हो।
थापा निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत हुन्। तर उनको राजीनामा सभामुख भीमबहादुर भण्डारीले तत्कालका लागि ‘होल्ड’ गरेका छन्।
एमाले संसदीय दलको बैठकमा बजेटलाई हतारमा पारित गर्न नहुने तथा सबै सांसदले बजेटबारे धारणा राख्न पाउनुपर्ने माग थापाले गरेका थिए। तर संसदीय दलले थापालाई बजेटमाथिको छलफलमा भाग नै लिन नदिएपछि उनी असन्तुष्ट थिए।
थापाले मंगलबार नै सभामुख भण्डारीलाई राजीनामा पत्र बुझाइसकेका छन्। तर, सभामुख भण्डारीले यसबारे निर्णय लिन बाँकी रहेको बताएका छन्। उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
प्रदेश सरकारले चालु वर्षका लागि ३७ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो। बजेटप्रती सत्तारुढ दलकै सांसदहरु असन्तुष्ट छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच मंगलबारको प्रदेश सभा बैठकले बजेट पारित गरेको छ।
यसअघिको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम सरकारले अर्को बजेट ल्याएको हो।
सुदूरपश्चिम प्रदेश सरकारमा बजेटको लफडा, एमाले सांसदले दिए राजीनामा
विदेश बस्नेहरू को-को भए काँग्रेसको केन्द्रीय सदस्य?
बिराटनगर पुगेर लुम्बिनीका मुख्यमन्त्रीले संघीय सरकारलाई भने, हाम्रो अधिकार देऊ
‘त्यो अडिओमा बोल्ने म होइन एआई हो’, विवादित अडिओबारे उनले अरु के भने?
काँग्रेस महाधिवेशन: दसैंले च्यापेपछि मतगणनामा सकस, गणना समूह बढाइयो
खगेन्द्रमाथि ‘रोक’ मात्रै हो कि ‘निलम्बन’ नै गरिएकाे हाे?