‘त्यो अडिओमा बोल्ने म होइन एआई हो’, विवादित अडिओबारे उनले अरु के भने?


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
‘त्यो अडिओमा बोल्ने म होइन एआई हो’, विवादित अडिओबारे उनले अरु के भने?

नेपालगन्ज। विवादित अडिओ सार्वजनिक भएपछि सांसद खगेन्द्र सुनारले प्रष्टिकरण दिएका छन्। उनि बाँके क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन्। पार्टी अभियानका क्रममा दाङतिर रहेका उनले एउटा भिडिओमार्फत सामाजिक सञ्जालमा त्यसबारे प्रतिक्रिया दिएका हुन्। 

आफूले प्रहरी नेतृत्वको बदमासीबारे संसद र संसदीय समितिहरूमा कुरा उठाएपछि आफूले यो नियति भोग्न बाध्य भएको उनले बताएका छन्। 

सांसद खगेन्द्र सुनारकाे विवादास्पद अडिओ प्रकरण : ‘रोक’ मात्रै हो कि ‘निलम्बन’ नै गरिएकाे हाे?

‘केही दिनदेखि सामाजिक सञ्जालहरूमा मिडियाहरूमा मेरोबारे विभिन्न आरोप प्रत्यारोपहरू आइरहेको छ। यहीमध्ये हिँजबाट फेरि मेरो हो भनेर एउटा अडिओ सार्वजनिक गरिएको छ। छताछुल्ल पारिएको छ। मैले प्रहरी संगठनको बदमासीविरुद्ध प्रश्न गरेको छु। त्यसैले यो नियति भोग्न बाध्य छु। प्रश्न उठाएपछि ममाथि हरेक सेकेन्डमा ममाथि कुनै न कुनै प्रहार गरिएको छ’ उनले भनेका छन् ‘मविरुद्ध मुद्दा हाल्ने वा उजुरी हाल्ने मान्छे नपाएपछि काल्पनिक पात्र प्रयोग गरेर, महिलाकोसमेत चरित्र हत्या गर्नेगरी अडिओ बनाइएको छ।’

उनले राज्यले गरेको वा पार्टीले गरेका सबैखाले अनुसन्धान वा कारबाहीबाट आफू विचलित नहुने पनि उनले बताएका छन्। 

‘प्रहरी भित्रको भ्रष्टाचार बिरुद्ध प्रश्न गरेपदेखि म माथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ। आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन्। एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्’ उनले भनेका छन् ‘तसर्थ ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु। तर भ्रष्टाचार विरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु। यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु। र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु।’ 

महिलामाथि अश्लील गाली र अट्टहास हाँसो : फेरि विवादमा तानिए बाँकेका सांसद खगेन्द्र सुनार

उक्त अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनिमाथि अनुसन्धान अघि बढाएको जनाएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले आन्तरिक छानबिन गरिरहेको र उनलाई रास्वपा सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको पनि पार्टीले जनाएको छ।