नेपालगन्ज : नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले संगठनमा आवद्ध युवाहरु सक्रिय भएर नेतृत्वलाई विधान र प्रक्रियाअनुसार चल्न दवाव दिने समय आएको बताएका छन् ।
तरुण दल बाँकेका कार्यकर्ताहरु सँग शनिबार नेपालगन्जमा छलफल गर्दै उनले यस्तो बताएका हुन् । कार्यकाल सकिनै लाग्दा जिल्ला दौडाहामा रहेका महासचिव शाहीले माउ पार्टीले तरुण दलको केन्द्रिय कमिटी विस्तार गराउन नसकेको भन्दै अन्तिम चरणमा आएर आँफु राजीनामा दिन बाध्य हुने बताए ।
केन्द्रिय कार्य समितिको कार्यकाल सकिन करिव ४ महिना मात्रै बाँकी रहँदा सम्म पनि कमिटी विस्तार हुन नसक्नु दूर्भाग्यपूण भएको भन्दै महासचिव शाहीले पार्टी नेतृत्वले उचित निर्णय लिन नसक्ने र अध्यक्षले पनि कमिटी विस्तार गर्न पहल नगर्ने हो भने आफु बाध्य भएर कमिटि विस्तार गर्ने तर्फ लाग्ने भन्दै नेतृत्वलाई चुनौति दिए ।
नेकपाको दूई तिहाइको सरकार अहिले ब्याक फुटमा पुगेकाले जिल्ला नेतृत्वलाई अनुशासित ढगंले सरकारका गलत कामको डटेर विरोध गर्न आग्रह गर्दै महासचिव शाहीले संगठनलाई नागरिकका दैनिक जिवनयापनमा आइपरेको समस्या समाधानलाई संगठनको एजेण्डा बनाउँदै लैजान निर्देशन समेत दिए ।