पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक स्थापना गरिने


पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक स्थापना गरिने

पोखरा ३ कार्तिकः युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिएका छन् । नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहीबार पोखरा महानगरपालिका १० माटेपानीस्थीत थापाको घरमा पुगेका हुन् ।

दुर्घटना लगत्तै दुःख व्यक्त गरेका मन्त्री अथकले बिहीबार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति भावपुर्ण श्रद्धाञ्जली दिदैं परिवारमा गहिरो समवेदना प्रकट गरे । ‘खेलाडी निसिम थापाको निधनबाट राष्ट्रलाई ठुलो क्षति व्यहोरेको छ, शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु’ मन्त्री गहतराजले भने । सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरुप स्वर्गीय थापालाई चेक सहित मरनोपरान्त स्वर्ण पदक प्रदान गरे ।

पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक स्थापना गरिने प्रतिवद्धता जनाउँदै मन्त्री अथकले सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निर्णय गर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषदले नवौं खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुको बीमा गरेको थियो । जसअन्तर्गत थापाको परिवारलाई बीमा कम्पनीबाट रकम उपलब्ध गराउनका लागि खेलकुद परिषद्ले पहल गर्ने राखेपका सदस्य दीपेन्द्र बिस्टले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगिता अन्तरगत आईतबार बिहान पोखराको सराङकोटमा ‘क्रस कन्ट्री’ खेलमा दुर्घटना हुँदा थापाको निधन भएको थियो । बिभागीय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिव १ सय मिटर उचाईबाट खसेका थिए ।