विरासत जोगाउने दाउमा काँग्रेस, चौका हान्दै धवल, इस्तियाकलाई आफनैबाट डर


विरासत जोगाउने दाउमा काँग्रेस, चौका हान्दै धवल, इस्तियाकलाई आफनैबाट डर

नेपालगन्ज ४ कार्तिक : बाँके क्षेत्र–२ प्रतिनिधि सभा निर्वाचनमा कस्ले बाजी मार्ला भन्ने विषयमा चिया पसलदेखि सार्वजनिक स्थानसम्म मात्र होइन बाँकेसहित केन्द्रको समेत चासोको विषयमा बनेको छ ।

यहि क्षेत्रबाट जनता समाजबादी फोरम (जसपा)का नेता तथा पुर्व मन्त्री इस्तियाक राई, नेपालगन्ज उपमहानगरपालिका निर्वतमान प्रमुख एंव राप्रपाका नेता डाक्टर धवशमशेर राणा, सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सुदीपनरसिंह राणा, शिवसेनाका नेताकारुपमा परिचित दिवाकर खनालसहित ५ जना स्वतन्त्र गरि १५ जना चुनावी मैदानमा छन् ।

राप्रपा र नेकपा एमालेको तालमेलमा धवलशमशेर राणा अगाडी सारीएका हुन । भने सत्ता गठबन्धनका विरुद्ध गइ जसपाका नेता इस्तियाक राई निर्वाचनमा होमिएकाछन् । राई तीन पटक मन्त्री भैसकेका छन् भने राप्रपाका धवल पनि नेपालगन्ज उपमहानगरपालिकाको २ पटक मेयर भैसकेका व्यक्ति हुन् ।

अहिले यी दुई जना (राणा र राइ) बीचको प्रतिस्प्रधा चर्चामा भैरहेदाँ पूर्वप्रधानमन्त्री एवम नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय शुशील कोइरालाको निर्वाचन क्षेत्र रहेको बाँके क्षेत्र नम्बर– २ मा आफ्नो साख जोगाउनका लागी नेपाली काँग्रेसले माओवादीको समर्थन रहने गरी सुदीपनरसिंह राणालाई चुनावी मैदानमा उतारेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सामाजिक क्षेत्रमा रहेर नाम कमाएका तथा तत्कालिन सशस्त्र द्वन्द्वका बेला माओवादीले हानेको आठ ओटा गोली लागेर बाँचेका शिवसेनाका नेताकारुपमा परिचित दीवाकर खनाल पनि मतदाताबीच चिरपरिचित अनुहार हो ।

बाँके क्षेत्र नम्बर –२ बाट प्रतिनिधि सभातर्फको निर्वाचनको चर्चा यीनै चार जना नेताको सेरोफेरोमा रहेकोछ । तीन–तीन पटक मन्त्री भएर आफ्नै शिलालेख र शिलान्यास गर्दै हिँड्ने राई, भ्रष्टाचारविरुद्ध खरो उत्रदैं र विकासको ठोस् खाका सहित अघि बढ्ने नेताको रुपमा परिचित धवल, धर्मनिरपेक्षता विरुद्ध हिन्दू एकतामा अहोरात्र खटिएका दीवाकर तथा काँग्रेसको साख र गठबन्धन जोगाउन निर्वाचनमा होमिएका सुदीपनरसिहंबीचको चुनावी प्रतिस्प्रर्धा थप रोचक र चासोे बन्दै गएको हो ।

नेपागन्ज उपमहानगरपालिकाका २ वटा वडा बाहेक २१ वटा वडा र डुडुवा गाँउपालिका बाँके क्षेत्र नम्बर–२ मा पर्दछ । जसपाले केन्द्रमा नेकपा एमालेसंग तालमेत गरे पनि बाँके–२ मा भने नेकपा एमालले राप्रपाका उम्मेदवार(धवल)लाई सघाउने सम्झौता गरिसकेकोछ ।

राप्रपा र नेकपा एमालेसँगै चुनावी प्रचार प्रसारमा देखिएका छन् । एमालेका नेताहरुका अनुसार केन्द्रमा केन्द्रमा जे भएपनि बाँकेमा भने राप्रपाकै उम्मेदवारलाई नै समर्थन जनाउँदै सहयोग गर्नेछ । त्यसैले कार्यकर्तालाई भ्रम नहोस् भनेर चुनावी प्रचार–प्रसारसमेत संगै गरिएको उनीहरुको भनाईछ ।

जसपाका नेता राइ एक्लै चुनावी मैदानमा उत्रिएको देखिएपनि शक्ति, सत्ता र पैसाको ठूलो चलखेल गरि भोट खरिद गरिरहेकाछन् । तीन पटक मन्त्री भएका राइले नेपालगन्जबासीका लागी कुनै दीर्घकालिन योजना नल्याएको आरोप मात्र लागेको छैन् बिना टेण्डर र बजेट विनैका योजना सार्दै शिलालेख लेखाउँदै शिलान्यास गरेपछि मतदाताको राइप्रतिको दृष्टिकोण फेरिएकोछ ।

टेण्डरको प्रकृया नहुँदै मन्त्री भएकै बेला सस्तो लोकप्रियताकै लागि राइले एकै दिन ४–५ वटा शिलालेख र शिलान्यास गरेका थिए । चुनावी मैदानमा होमिएका राइले संगठन बलियो बनाएको जस्तो देखिए पनि संगठनमा रहेका नेता तथा कार्यकर्तालाई समेट्न नसकेको आरोप खेप्दै आएकाछन् ।

कुनै समय राइकै पिए रहेका समसुलहक राईले इस्तियाक विरुद्ध स्वतन्त्रबाट उम्मेदवारी दिएपछि चुनावी प्रतिस्प्रर्धा झन रोचक बन्दै गएको छ । स्वतन्त्रबाट चुनावी मैदानमा रहेका समसुलहक जसपाका लुम्बिनी प्रदेश सदस्य हुन् । यसबाट पनि इस्तियाकलाई अप्ठेरो पर्ने देखिन्छ । किनभने जसपाको मत बाँडिने प्रष्ट देखिन्छ यसको फाइदा एमाले–राप्रापाका उम्मेदवार धवल शम्शेर राणाले लिन सक्नेछन् ।

यता एमालेको समर्थन पाएका राप्रपाका डाक्टर धवलशमशेर राणाको पनि संगठन बलियो भएपनि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनको पार्टी नेपालगन्ज उपमहानगरपालिकामा तेस्रो भयो ।

आफुले जितेको स्थान जोगाउन नसकेको आरोप खाइरहेका धवल चुनावी अंकगणीतमा माहिर छन् । एमालेसँगको तालमेलले बलियो बनेका धवललाई काँग्रेस, माओबादी र जसपाभित्रबाट भोट जानसक्ने आँकलन गरिएकोछ ।
सत्ता गठबन्धनतर्फ माओवादीको साथमा निर्वाचनमा होमिएका नेपाली काँग्रेसका सुदीपनरसिंह राणा तुलनात्मकरुपमा अरुभन्दा केही कमजोर देखिएपनि उनी आफ्नो मतादाता सुरक्षित पार्न लागि परेकाछन् ।

माओबादीको साथ पाएपनि सुदीपनरसिंहलाई काँग्रेसको साख जोगाउन हम्मे–हम्मे पर्ने देखिन्छ । तुलनात्मक रुपमा कमजोर देखिएपनि काँग्रेसको सांगठनिक भूमिकाले उनको परीणाम फरक पर्नसक्ने बताइन्छ । उपमहानगरपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसले जितेको भएपनि अहिले त्यो मत बाँडिने धेरैको आँकलन गरेकाछन् ।

यता शिवसेनाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका दीवाकर खनालले पनि प्रचार–प्रसार अभियानलाई तिव्र पारेको देखिन्छ । ‘ग्रासरुट’मा संगठन नभएको अवस्थामा हिन्दू एकता र धर्मनिरपेक्षताको एजेण्डा लिइ निर्वाचनमा होमिएका दीवाकरले मत क्रस गराउन सक्ने धेरैको आँकलनछ ।

व्यक्तिगत र भावनात्मक मत तान्न सक्ने रणनीतिमा रहेपनि दीवाकरको उम्मेदवारीले गठबन्धनका सुदीपनरसिंह,जसपाका राई र एमाले–राप्रपाका उम्मेदवार धवल भोट काट्ने प्रष्ट देखिन्छ । अन्ततः यहाँ धवल–राइ–दिवाकरबीच नै त्रिपक्षिय भिडन्त हुने पक्का छ ।

निर्वाचनको मिति नजिकिै जाँदा मतदाताहरुको पनि फरक–फरक मत आउन थालेपछि अब हाम्रा भन्दा राम्रा अनि ‘टेस्टेड’ परीक्षित अनुहारभन्दा नयाँ अनुहारलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने आवाज उठिरहँदा बाँके क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभातर्फको निर्वाचन रोचकमात्र होइन कडा प्रतिस्प्रर्धा हुने निश्चित ।