सरकारले सांसद गौतमको माग सम्बोधन गर्ने भएपछि ८ औं दिनमा अनशन तोडियो


सरकारले सांसद गौतमको माग सम्बोधन गर्ने भएपछि ८ औं दिनमा अनशन तोडियो

गुलरिया(बर्दिया) ६ जेठ : बर्दियाको गुलरिया–बारबर्दिया जोड्ने भत्किएको पुलमुनी एक सातादेखि अनसनरत नेपाली काँग्रेसका सांसद सञ्जय कुमार गौतमले अनसन तोडेकाछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बर्दिया पुगेर सांसद गौतमको अनसन तोडाएका हुन् ।

बर्दियाको गुलरिया र बारबर्दिया जोड्ने भादा नदीमा निर्माण गरिएको जब्दीघाट पक्की पुल ६ वर्षअघिदेखि भासिएर भत्किए पनि सरकारले ध्यान नदिएको भन्दै सांसद गौतम १५ बुँदे माग अघि सार्दै भत्किएको पुलमुनी आमरण अनसनमा बसेका थिए ।

पप्पु कन्स्ट्रक्सनले बनाएको सो पुल २०७४ सालमा भासिएको थियो भने गत वर्ष बाढीले बगाएपछि बर्दियाका झण्डै एक लाख बासिन्दा प्रभावित भएका छन् ।

पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै गौतम सोही पुलमुनी आमरण अनसन बसेको बारेमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा, दीपक गिरीले प्रतिनिधिसभाको बैठकमा ध्यानाकर्षण समेत गराएका थिए ।
गौतमको अनसन तोडाउन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, सांसदहरु रामहरि खतिवडा, दीपक गिरी, सरिता प्रसाई लगायत अनसन स्थलमा पुगेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

आमरण अनशनमा बसेका गौतम र सरकारकातर्फ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्रीबीच उल्लेखित बुँदाका मागका विषयमा तत्काल प्रकृया अगाडी बढाउने सहमती जनाएपछि मन्त्रीले जुस खुवाउदै अनशन तोडिएको हो ।

जव्दीघाटको पुलमर्मतका लागी केहि दिनभित्रै टेण्डर आव्हान गर्ने, नदिको विचभागमा रहेको भत्किएको पुल तत्काल हटाउने, सुर्खेत–तेलपानि सडक खण्ड निर्माणको लागी आवश्यक पहल गर्ने लगायतका विषयमा सहमति भएपछि अनशन तोडिएको छ ।

अनशनमा बसेका गौतमले आफुले बर्दियाबाट प्रतिनिधि सभामा सहभागी भएपनि आफुले उठाएका विषय सम्बोधन नभएको हुदाँ बाध्यभएर आमरण अनशन बस्नु परेको बताउँदै सरकारकातर्फबाट मन्त्रीले आश्वासन दिएपछि आमरण अनशन फिर्ता लिएको बताए ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री ज्वालाले उल्लेखित मागका विषयमा सरकार गम्भीर भएको हुँदा तत्काल गर्न सकिने काम गरिने बाँकी कानून प्रकृयाबाट अगाडि बढाइने बताए ।

उनले जव्दिघाटको पुलले विकासलाई गीज्याइरहेको हुँदा भत्किएको अवशेषहरु तत्काल हटाइने पुल निर्माणको विषयमा अदालतमा मुद्धा विचारधिन अवस्थामा रहेको हुदाँ नयाँ मर्मतका लागी कानूनी प्रकृया अगाडि बढाइने बताए ।

यसअघि गौतमले उठाएको मागको बारेमा मन्त्री र प्रधानमन्त्रीले पूरा गर्ने प्रतिबद्धता जनाइसकेकाछन् । सरकारले माग पूरा गर्ने बचनबद्धता गरेपछि गौतमले अनसन तोडेका हुन् ।

बर्दिया क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभामा निर्वाचित सञ्जयकुमार गौतमले समग्र बर्दियाको विकासका लागी बैशाख ३० गतेबाट भत्किएको जब्दिघाटको पुलमुनि बसेर आमरण अनशन गरेका थिए । पछिल्लो समय उनको स्वास्थ्य अस्वस्थ समेत बनेको थियो ।

यता अनशनरत गौतमको विषयलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले गौतमको जीवन रक्षा गर्न आग्रह गरेको थियो । शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै वार्ताबाट समस्या समाधान गर्न र उनको स्वास्थ्य अवस्थाबारे ध्यानाकर्षण गराएको थियो ।

थप समाचार

जब्दीघाटमा नयाँ पुल बन्ने, अनशनरत गौतमको स्वास्थ्यमा असर देखियो

जब्दीघाट पुलमुनि पूर्वमन्त्री सञ्जयको आमरण अनशन

जब्दीघाट पुल बनेन्, अस्थायी पुल बनाएर शुल्क असुली

बर्दियाको जब्दीघाटको पुल बाढीले बगायो