गुलरिया (बर्दिया) १३ वैशाख : सरकारले निर्धारण गरेको मूल्य ५० हजार रुपैयाँ, चलनचल्तीमा ६० देखि ८० हजारसम्म प्रति कठ्ठा पाइने जमिनलाई कित्ता काट गर्दा नापि कार्यालय बर्दियामा २० हजार रुपैयाँसम्म घुस खुवाउनु पर्ने बाध्यता पारिएको छ ।
ठाकुरबाबा नगरपालिका एक जेष्ठ नागरिकले एक कठ्ठा जमिन बेच्नका लागी करिब ४ महिनासम्म नापि कार्यालय बर्दियामा धाइरहेका थिए । तर, उनको विक्री हुने जग्गाको कित्ता काट नापी कार्यालयले सम्पूर्ण कागजात पुरा भए पनि नगरेका कारण जग्गा बेच्न पाएका थिएनन् । कारण थियो कित्ता काट गर्दा नापी अधिकृत पवन गुप्तालाई २० हजार बुझाउनु पर्ने थियो ।
आफुले उक्त रकम दिन नसक्ने बताएपछि उनको काम ४ महिनापछि धकेलिएको हो । जसोतसो गरेर बयाना बापत बुझेको रकमबाट २० हजार रुपैयाँ बुझाएर उनले जग्गा विक्री गर्न बाध्य भए । यो त नापी कार्यालय बर्दियामा देखिएको एक प्रतिनिधी घटना हो । त्यसो त कित्ता काट गर्नका लागी कुनै राजस्व लाग्दैन ।
नापी कार्यालय गुलरिया, बर्दियामा कित्ता काट पालिकाहरुले खोलेसगैँ कार्यालयका कर्मचारीलाई काम भन्दा पनि रकम थन्काइ नसक्नु भएको छ । भूमि सुधार तथा मालपोत कार्यालयबाट सिफारिस भई आएका कागजातहरु अध्ययन गरी कित्ता काटको प्रकृया अगाडि बढाउनु पर्नेमा तोकेरै रकम माग गर्ने कर्मचारीहरुले सेवाग्राहि तथा लेखनदासहरुबाट रकम बुझ्ने गरेका छन् ।
नापी कार्यालय गुलरियामा कित्ता काटको लागी फाइल आएमा नापी अधिकृत पवन गुप्ताले उनका सहयोगीलाई फाइल दिने र उनीहरुबाटै ताकेरै रकम माग गर्ने गरेको पीडितहरुको भनाईछ । यसरी तोकेरै रकम माग गरेपछि नदिएको खण्डमा फाइल पेन्डिङ्गमा राख्ने गरेको सेवाग्राहीहरुले बताए ।
कित्ता काट खुलेसगैँ नापी अधिकृत गुप्ताले रकम असुल्नमा विशेष ध्यान दिएकाछन् । सेवाग्राहीले नाम र ठेगाना नछापिदिने शर्तमा सेतोखरीलाई भने–‘आफुहरुले कित्ता काटको लागी प्रमाणित गर्ने बेला १५ हजारदेखि माथि रकम बुझाएका छौं ।’ सेवाग्राहीको समस्याका विषयमा सम्बन्धित निकायले कुनै ध्यान नदिएको उनीहरुको गुनासो छ ।
नापी कार्यालय गुलरिया बर्दियाका प्रमुख किसन सिहं विष्टले यस्ता समस्या आफनो टेबुलमा नआएको प्रतिक्रिया दिए । सेवाग्राहीले यस्तो समस्या भयो भनेर आफुकहाँ नआएका कारण सो समस्यासंग आफू अनभिज्ञ रहेको उनको प्रतिक्रिया छ ।
नापी अधिकृत एंव सूचना अधिकारी समेत रहेका पवन गुप्ताले आफुले कुनै पनि सेवाग्राहीसँग कित्ता काट गरिदिएबापत रकम नलिएको दावि गरे । सेतोखरीसँग कुरा गर्दै उनले घुस नमागे र अन्य कर्र्मचारीले मागेको भए आफुलाई जानकारी नभएको भन्दै पन्छिए ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं