बर्दिया २७ वैशाख : प्रारम्भिक बालविकास शिक्षक राख्नका लागी आफ्नो अनुकुलको नियम बनाएर विज्ञापन प्राकाशित गर्ने बारबर्दिया नगरपालिका आलोचनाको पात्र बन्न पुगेको छ ।
बारर्दिया नगरपालिका–९ बनगाईमा रहेको जनज्योती माध्यामिक विद्यालयमा प्रारम्भिक बालविकास शिक्षक राख्नका लागी चैत २८ गते प्रकाशन गरेको विज्ञापनमा त्रुटि भेटिएपनि त्यसलाई सच्याउने भन्दा पनि आफ्नो अनुकुलको शिक्षक राख्नका लागी प्रकृया अगाडि बढाएको छ।
चैत्र २८ गते प्रकाशित गरेको विज्ञापनमा सो विद्यालयका लागी बारबर्दिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले प्रारम्भिक बालविकास अनुदान कोटामा तोकिए अनुसारको सेवा सुविधा सहित खोलिएको विज्ञापनमा दरखास्तको लागी २१ वर्ष पुरा भै ३५ वर्ष ननाघेको भन्ने मापदण्ड राखिएको कारण विवादमा तानिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला आफु विदामा बसेको हँुदा यस विषयमा थाहा नभएको प्रतिक्रिया दिए । उता सूचना अधिकारी राधेश्यामप्रासद थारुले पनि आफुलाई यो विषयमा कुनै जानकारी नभएको बताए ।
सूचना अधिकारी तथा कार्यालय प्रमुखलाई समेत थाहा नहुनु भन्ने जवाफ आफैमा हास्यास्पद रहेको छ । सोहि वडाका वडाध्यक्ष देवेन्द्रकुमार विष्टले प्रारम्भिक शिक्षक राख्ने भन्ने विषयमा सामान्य छलफल भएपनि प्रकाशन गरिएको सूचनाका विषयमा आफु अनभिज्ञ भएको जानकारी गराए ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक मिमबहादुर खड्कासँग बुभ्mन खोज्दा उनले आफ्नो मानिसलाई राख्न वा अनुकुलको मानिसलाई राख्न खोज्ने योजना सहितको काम नभएको बताउँदै यो सम्बन्धि केन्द्र र स्थानीय तहमा कार्यविधि नबनेका कारण उमेरको हकमा समस्या आएको बताए । साथै उनले विज्ञापन अनुसार सबै प्रकृया पुरा भै प्रारम्भिक बालबिकास शिक्षक पनि राखिसकिएको बताए ।
बारबर्दिया नगरपालालिका शिक्षा, युवा तथा खेलकुद शाखामा यो विषयमा थप बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू