गुलरिया(बर्दिया) १० जेठ : बाटो कालोपत्रे तथा नाली निर्माण कार्यमा ढिला सुस्ती गरेको भन्दै स्थानीयबासीले यातायात अवरुद्ध पारेका छन् ।
बर्दियाको मधुवन नगरपालिको लालीबजारदेखि नगरपालिकाको कार्यालयसम्म जाने बाटोको निर्माण कार्य ढिला भएको भन्दै स्थानीयबासीहरुले विरोध स्वरुप बाटो बन्द गराएर विरोध जनाएका हुन् ।
टेण्डर भएको ३ वर्ष भएपनि एक किलो मिटर बाटो कालोपत्रे तथा नाली निर्माण कार्यमा सम्वन्धित निकायले चासो नदिएको भन्दै आफुहरु बाटो बन्द गर्न बाध्य भएको स्थानीयबासीहरुको भनाई छ ।
बर्दियाको गुलरियामा रहेको यादव कन्सक्ट्रक्सनले निर्माणको पाएको हो । ३ वर्ष वितेपनि निर्माण कार्य नभएको भन्दै स्थानीबासीले नगरपालिकालाई पटक–पटक जानकारी गराएका थिए । तर, नगरपालिकाले वास्ता नगरेपछि बाध्य भएर बाटो बन्द गर्नु परेको उनीहरुले बताए ।
विरोध स्वरुप मधुवन नगरपालिकाको लालीबजार देखि प्रगतिबजारसम्म जाने बाटो अवरुद्ध गरिएको हो । सोहि बाटोमानगरपालिकाको कार्यालय पनि रहेको छ । सडक निर्माणमामा भएको ढिलासुस्ती र लापरबाहीका कारण ६ र ८ का वडाबासीले धुलो र हिलोले सास्ती भोग्नु परेको स्थानीय मनकामना टोलका अध्यक्ष ऋषिराज काफले बताए । उनका अनुसार सर्वसाधरणलाई यसक्षेत्र भएर हिँडडुल गर्न सकस भएकोछ । सडक निर्माण कार्य तत्काल सुरु गर्न माग राख्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएपनि त्यसको सुनुवाई नभएको बताए ।
मधुवन नगरपालिकाका सूचना अधिकारी खिमराज पोख्रेलले सडक निर्माण कार्य रोकिएको बताउँदै नगरपालिकाको योजनाबाट बनिरहेको उक्त सडक र नाली निर्माण कार्य तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई जानकारी गराएको बताए ।
मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बाटोमा पर्ने विद्युतका पोल समयमै नहटाइएका कारण निर्माण कार्य रोकिएको बताउँदै २–३ दिनमा विद्युतका पोल हटाई जेठ १५ गते निर्माण कार्य सुरु हुने बताए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?