गुलरिया(बर्दिया) ३१ वैशाख : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बर्दिया जिल्ला कमिटीको प्रतिनिधि मण्डलले भौतिकपूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री वेदुराम भुसाललाई भेटी जिल्लाका महत्वपूर्ण योजनाहरु बजेटमा समेट्ने गरि ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एसका बर्दिया इन्चार्ज एवम् संविधानसभा सदस्य निर्मल प्रकाश सुवेदीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बर्दिया जिल्लाको सदरमुकाम गुलरिया–रम्मापुर सडक खण्डमा पर्ने बबई नदिको जब्दिघाटको पुल उद्घाटन नगर्दै नदिले बगाएकोले सो पुल निर्माणका लागि बजेट व्यवस्था गरि निर्माण कार्य थालनी गर्न माग गरेको प्रतिनिधि मण्डलका नेता पे्रमप्रसाद पोखरेल बताए ।
गुलरिया–रम्मापुर सडकले पूर्वपश्चिम महेन्द्र राजमार्गलाई जोड्ने भएकोले पुललाई प्रथामिकतामा राखि बजेट व्यवस्था गर्ने मन्त्री ज्वालाले प्रतिनिधि मण्डललाई बताए नेता बखत बहादुर खड्काले जानकारी दिए ।
सो अवसरमा जिल्लाको नदि कटान र डुबान समस्यामा पनि छलफल भएको र यस सम्बन्धमा प्रधानमन्त्रीलाई आवश्यक बजेट व्यवस्थापन गर्नका लागि मन्त्री ज्वालाले पहल गर्ने नेता खड्काले भने ।
प्रतिनिधि मण्डलले कृषि मन्त्री डाक्टर वेदुराम भुसाललाई भेटेर जिल्लामा कृषिको क्षेत्रमा प्रयाप्त मात्रामा बजेट व्यवस्थापन गर्न माग गरेको छ ।
धानबाली, मकैबाली, माछापालन र तरकारी खेतीमा गरिब विपन्न वर्गका लागि थप छुट्टै कार्यक्रम व्यवस्था गर्न माग गरेको सुवेदीले बताए । कृषि मन्त्रीले कार्यक्रममा बजेट राखि कृषिको क्षेत्रमा उत्पादनमा वृद्धि गर्ने कार्यक्रम बनाउनका लागि पहल गरेको सुवेदीले जानकारी दिए ।
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव