गाडी नपाएको झोँकमा उपप्रमुखद्वारा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी


गाडी नपाएको झोँकमा उपप्रमुखद्वारा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

बर्दिया २८ चैत्र : बर्दियाको मधुवन नगरपालिकामा उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्षमा तालाबन्दी गरेकी छन् । मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीले आफुलाई गाडी प्रयोग गर्न नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेको कार्यकक्षमा तालबन्दी गरेकी हुन् ।

सोमबार दिउँसो लगाइएको ताला करिब २ घण्टापछि खोलिएको थियो । पालिकाले दिने र पाउने सेवा सुविधा भन्दा थप दिन नसक्ने भएपछि तालाबन्दी गरिएको बताइएको छ ।

उपप्रमुख अनिता चौधरीले आफुले अनुगमनका लागी गाडी मागेको र आफ्नो घर टाढा भएको हुँदा कार्यालयले पहिले पनि दिँदै आएको क्वाटरको व्यवस्था गर्न आफुले माग गरेको तर, गाडी नपाएको भन्दै आफुले तालाबन्दी गरेको बताइन् । उनले महिला भएकै कारण आफुलाई हेपेको आरोप समेत लगाइन् ।

सेवाको रुपमा उपप्रमुख अनितालाई मधुवन बजारमा कार्यालयले सुविधा सहितको क्वाटरको व्यवस्था गरिदिएको छ । अहिले उपप्रमुखले सेवा सुविधा वापत मासिक ४० हजार रुपैयाँ बुझदै आएकीछन् ।

Kids Festival 2022
kanti aarogya hospital

यता प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले आफु विदामा भएको बेला आफ्नै कार्यकक्षमा तालाबन्दी आवश्यक नभएको भन्दै उपप्रमुखले पाउनु पर्ने सेवा सुविधा पाइरहेको बताए ।

पालिकाले पालिकामा बसोबास गर्ने नागरिकले अपन्वत्व महसुस गर्ने खालको कार्यसम्पादन आजको आवश्यकता भएको हुँदा त्यहि अनुसार कर्मचारी र जनप्रतिनिधिको समन्वय हुन आवश्यक भएको उनको भनाई छ ।

यस विषयमा बुझन खोज्दा मधुवन नगरपालिकाका सूचना अधिकारी खिमराज पोख्रेलले विवाद देखिएपनि समाधान निकालिएको बताए । उनका अनुसार नियम अनुसार काम हुने हो । यस्तै नगरका प्रवक्ता मेकबहादुर गुरुङले आफु जिल्ला बाहिर भएका कारण घटनाको विषयमा थाहा नभएको बताए ।

यसैबीच, आफनो अनुकुलको काम नगरेको गाडी प्रयोग गर्न नदिएको भन्दै प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको भन्दै नगरपालिकाका कर्मचारीले संयुक्त विज्ञप्ती प्रकाशित गरी उक्त तालाबन्दीको घोर भत्र्सना समेत गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत विदामा बसेको बेला उपप्रमुख अनिताले कार्यकक्षमा तालाबन्दी गरेपछि समाजमा नकारात्मक सन्देश जाने भन्दै स्थानीय सरकारको जिम्मेवार जनप्रतिधिबाट कानूनले प्रदान नगरेको सुविधा सम्बन्धि विषयलाई लिएर कार्यालय प्रमुखसंग भएको विवादको परीणाम स्वरुप नगरपालिकाको कार्यालयको प्रमुखको कार्यकक्षमा लगाइएको ताला अविलम्ब खोल्न आग्रह गरेका थिए ।

साथै सर्वाङ्गगीन विकास गर्ने तथा सुन्दर नगरपालिका बनाउने कार्यमा सम्पुर्ण जन प्रतिनिधि र कर्मचारीको सौहार्दपुर्ण वातावरण आवश्यक पर्ने भएकोले अनावश्यक दवाव तथा बलमिचाई नगरी अनुकुल वातावरण तयार गरी कार्य गर्ने वातावरण उपलव्ध गराइदिन समेत आग्रह गरिएको छ ।

नगरपालिका स्रोतका अनुसार उपप्रमुख अनिता चौधरीले नियम विपरित दोहोरो सेवा सुविधा दिन कर्मचारीले आनकानी गरेपछि कर्मचारीप्रति पनि संकाको नजरले हेर्ने गरेको आरोप लगाइएकोछ ।