File Photo
नेपालगन्ज १५ कार्तिक : दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको मेयर निर्वाचित हुँदा डाक्टर धवल शमसेर राणाले आफ्नो सम्पूर्ण तलब समाजसेवामा लगाए । २०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर पदको जिम्मेवारी सुम्पिएका थिए । भ्रष्टाचार बिरुद्ध आक्रमक र सार्मथ्य अनुसार नेपालगन्जको विकास गरेका यिनै राणाले पाउने पारीश्रमिकबाट कयौं दिनदुखीलाई राहत मिलेको थियो ।
उनले मेयर हुँदाको जस्तै यदि सांसद भए पाउने पारीश्रमिक समाजसेवामा लगाउने घोषणा गरेका छन् । मतदातामाझ राणाले उक्त घोषणा गर्दै भने,–‘सांसदले जति पाउँछन् त्यति म दिनदुःखीको सेवामा खर्च गर्छु ।’ राणाले दुई कार्यकाल गरी दश वर्ष नेपालगन्ज उपमहानगरपालिका हाँके । त्यसअवधिमा पाउने पारीश्रमिकबाट कहिले निःशुल्क भोजन गराउने संस्थालाई सहयोग गरे भने कहिले पैसा अभावमा उपचार गर्न नपाएका बिरामीलाई सहयोग गरे । उनले पहिलो कार्यकालमा प्रतिक्षालय समेत निर्माण गरेका थिए । राणाले चिकित्सा शास्त्र पढ्न अवसर पाए तर, पैसा अभाव झेलिरहेकालाई समेत आफ्नो तलब दिएका थिए । आफुले पाउने पारीश्रमिक सेवामा लगाउनुलाई सामान्य ठानेको राणा बताउँछन् । उनी भन्छन्–‘मैले पाउने पैसाले कसैको हित हुन्छ भने त्यो जत्तिको खुसी केही हुँदैन ।’
नेपालगन्जको नेतृत्व गरेका डाक्टर राणाले बाँकेको क्षेत्र नम्बर– २ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् । उनको दल राप्रपा र एमाले धवलका पक्षमा घरदैलो गरिरहेका छन् । राप्रपा–एमाले गठबन्धनबाट निर्वाचनमा होमिएका उनले संविधान सभाको निर्वाचनमा पूर्व प्रधानमन्त्री एवम नेपाली काँङ्ग्रेसका पूर्व सभापति स्वर्गीय शुसील कोईरालालाई कडा टक्कर दिएका थिए ।
भ्रष्टाचार विरोधी, विकास प्रेमी नेताको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त राणा जनताको बीचमा सदाबहार लोकप्रिय छन् । धवल विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति, मसुरी शमशेरका नाती हुन् । मसुरी शमशेरले आफ्नो पालामा यस क्षेत्रमा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेका गरेका हुन् । मसुरी शमशेरका छोरा, धवलका बुवा कैलाश शमशेरले पनि कृषिलाई प्राथमिकता दिए । धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधी (पिएचडी) गरेका छन् । राजनीतिमा पढेका कमै व्यक्तिहरु मध्ये पर्छन् धवल शमशेर ।
धवल शमशेरका बुवा नेपालका पहिलो ‘कृषि इन्जिनियर’ हुन् । शुरुमा धवलले व्यवसायिक सफलतापछि व्यवसायसँगै धवलले जिन्दगीको नयाँ बाटो तय गरे । उनले राजनीतिमार्फत् विकासमा कायापलट गर्ने योजना बनाए । भारतमा अध्ययनको क्रममा नेपालमा फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावना उनमा जागेर उनेर २०४७ सालमा राजनीतिमा आबद्ध भएका हुन् ।
२०५१ को संसदीय निर्वाचनमा पराजित भएपनि २०५४ मा तत्कालीन नेपालगन्ज नगरपालिकाको प्रमुख पदमा अत्याधिक मतले निर्वाचित हुन उनी सफल भए । नेपालगन्जको नगर प्रमुख बन्दा धवल जम्मा ३२ वर्षका मात्रै थिए । पहिलोपटक प्रमुख बन्दा उनले नेपालगन्जमा विकास झल्किने गरी उल्लेखनीय काम गरे । नेपालगन्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जू), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माणजस्ता थुपै काम गरे । आफुले प्रमुख भए बापत पाउने भत्ता दीन–दुःखीलाई वितरण गरे । भत्ताको रकमबाटै भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरे ।
आफ्नो तलब–भत्ताबाट मानवीय र सामाजिक कार्य गर्ने बिरलै जनप्रतिनिधि मध्येका एक हुन् धवल । १०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औंलामा गन्न सकिने थोरै सन्तान राजनीतिमा सक्रिय छन् । तीमध्येका धवल शमशेर एक हुन् । यस्तै कारणले उनी जिजु हजुरबुवा देवशमशेरको झैं ‘विकासप्रेमी’ नेताको छवि बनाउन सफल भएका छन् । त्यहीँ छविकै कारण धवल २० वर्षपछि पनि नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखको कुर्सीमा बस्न सफल भए । आफ्नो पार्टीको बहुमत नहुँदा पनि सबैसङ्गको उच्च सहकार्यबाट उनी दोश्रो कार्यकाल पनि सफल भए ।
उनको दोश्रो कार्यकालमा भताभुङ्ग भएको नेपालगन्जलाई बनाउने काम भएको स्थानीयको बुझाई छ । भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने धवल सबैका प्रिय पात्र बन्न सफल भएका छन् । बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाको उम्मेदवरा डाक्टर धवल स्थानीय स्तरमा काम गरेको लामो अनुभवलाई संगालेर राष्ट्रिय राजनीतिबाट देश र जनताको काम गर्न अग्रसर छन् ।
डाक्टर धवलले आफू नेपालगन्जको दुई÷दुई पटक मेयर भइसकेकाले अब संघमा गएर काम गर्ने बताउँदै आएका थिए । ‘२०५४ र २०७४ सालमा मेयर भएँ । यहाँका सबै बाटो, नाली, तालतलैया संरक्षण भइसके,’ डाक्टर राणाले भने, ‘मेयर हुँदा नेपालगन्जको धेरै काम गरिसके । अब संघमा गएर देशको विकास गर्ने चाहानाछ ।’
उनी भन्छन्–‘एकपटक म केन्द्रको नेता भएर देश र जनतको लागि काम गर्न चाहान्छु । र, मलाई विश्वास छ मतदाताले यसपटक त्यो अवसर प्रदान गर्नेछन् ।’ त्यसो त धवलले विकासका कार्य गर्दा राजनीतिक प्रतिसोध साँधेर उनलाई असफल बनाउन विभिन्न राजनीतिक हतकण्डा फैलाइए तर, आफ्नो लगनशीलता, चट्टानी अडान र भिजनसहितको प्रष्ट वक्ता भएकै कारण उनी विरुद्ध चालिएका कदम जनताले बुझे, उनको लोकप्रियता बढ्यो ।
थप समाचार
विरासत जोगाउने दाउमा काँग्रेस, चौका हान्दै धवल, इस्तियाकलाई आफनैबाट डर
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ