विचार

‘भोट बैंक’को रुपमा प्रयोग हुने कि परिवर्तन चाहने ?


‘भोट बैंक’को रुपमा प्रयोग हुने कि परिवर्तन चाहने ?

आगामी मंसिर ४ गते प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । राजनीतिक दलहरुले उम्मेदवार खडा गरेर चुनावी मैदानमा पठाएका छन् । त्यसमा कोही नयाँ अनुहार छन् त कोही पुरानै अनुहार दोहरिएका छन् ।
राजनीतिक दलहरुले आफ्ना उम्मेदवार उठाउँदा समाजमा त्यसको छवि, जनताको लागी केही गर्न सक्ने, ईमान्दार भन्दा पनि आफ्नो गुणगान गाउने, चाकडी चाप्लुसी गर्ने, रकमको लागी बन्दोबस्द मिलाउने लगायतकालाई छनोट गरी टिकट दिएको छ । त्यसमा अधिकांस पुरानै अनुहार दोहरिएका छन् । तर, केही राजनीतिक दलहरुले पहिलो पटक निर्वाचन लड्दै छन्, भने कोही आफुहरु विकल्पको रुपमा आएको भन्न पनि भ्याएका छन् ।

अब यस्तो अवस्थामा मतदातालाई भ्रमणमा पार्न सबै उम्मेदवारहरु लागी परेका छन् भन्दा फरक नपर्ला । तर, कसरी कुन माध्यमबाट उम्मेदवार छान्ने भन्ने विषयमा व्यापक छलफल तथा सोँच विचार गरेर मात्र निर्णय गर्नु पर्ने हुन्छ । मधेश तराईको अवस्थालाई हेर्ने हो भने सबै भन्दा बढि जनसख्या भएको क्षेत्रमा राजनीति गर्ने दल तथा त्यसका नेताहरुले तराई मधेशलाई भजाएर आफनो कुर्सी सुरक्षित गर्नुका साथै त्यही एजेण्डालाई भजायर आफ्नो व्यक्तिगत विकास पनि गरिसकेका छन् । तराई मधेशका जनता हिजो जुन अवस्थामा थिए, आज पनि त्यहि अवस्थामा रहेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायत आफुलाई जनताको सेवक भन्ने दलहरुले तराई मधेशका जनतालाई भजाएर केन्द्रको राजनीति गरिरहँदा नेपालका अधिकांस जिल्लालाई भात खुवाउनका लागी धान उत्पादन गर्ने तराई मधेशका जनताका लागी त्यही धान उत्पादनमा समेत बृद्धि गर्न नसक्नु, सहज रुपमा मल विउ पाउन नसक्नु मात्र होइन यहाँका विकास निर्माणका कार्य कछुवाको गतिमा हुने त्यसमा पनि कमिसनको खेल चल्नेगरेका कारणले मात्र होइन होला मधेशको आन्दोलन उठेको तराई मधेशका जनताको हकका लागी आन्दोलन गर्दे सत्तामा पुगेको जसपा, लोसपा दलहरु पनि त्यही पुरानै पार्टीको ढर्रामा गएपछि तराई मधेशका जनताका लागी सुनौलो विहानी कहिलै आउने भएन । सामान्य खेति गर्नका लागी आवश्यक पर्ने मल विउ लगायतका सामान सहज रुपमा किसानहरुले नपाउँदा खेती गर्नेको संख्या दिन प्रतिदिन घटदै गएको छ भने रोजगारीका लागी विदेश जानेकोहरुको सख्या पनि बढिरहेको छ ।

सिंहदरबार गाँउ घरमा आयो भनेर भाषण गर्न नथाक्ने नेताहरुले दरबार आफैले राखि सिंहलाई मात्र गाँउघरमा पठाइदिएका कारण अहिले स्थानीय तहले लिने करले नागरिकको ढाड सेकिरहेको छ । खेती किसान गर्नेका लागी सहज रुपमा विउ विजन तथा कृषि सम्बन्धि सामान्य जानकारी समेत नपाएका किसानहरुले दुःख कष्ट गरी उत्पादन गरेको धानको न्यायोचित मूल्य समेत पाउँदैनन् । समयमै मल नपाउँदा उत्पादनमा समेत कमी हँुदै गएको छ । यी यस्ता सामान्य कुरा हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

विकास निर्माणको विषयलाई केलाउने हो भने झन् पीडादायी देखिन्छ, दयनिय देखिन्छ । विकासका नाममा शीलान्यास भएको वर्षौ वितिसकेता पनि त्यसको निर्माण कार्य सुरु भएको पाइदैन । बल्लतल्ल निर्माण भएका पुल, बाटो लगायतका संरचना सञ्चालनमा नआउँदै भत्किएको देखिन्छ । त्यहाँ कसले बोलिदिने । कमसल सामान प्रयोग गरी निर्माण गरिएका ती संरचना भत्किँदा त्यसको प्रत्यक्ष प्रभाव स्थानीयबासीहरुमा पर्ने गर्दछ ।

प्रत्येक ५ वर्षमा आउने स्थानीय तहको निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पुल, बाटो, सार्वजनिक शौचालय, जेष्ठ नागरिकका लागी योजना, बेरोजगार समस्या आदी इत्यादीका विषयमा आफुले समाधान गर्ने भन्दै भोट माग्ने आउने उम्मेदवारहरुको कमी छैन । तर, हामीले एक पटक आँखा चिम्लिएर छातीमा हात राखेर सोचौं हामीले ५ वर्षको अवधिका जिल्लाका नागरिकको सामाजिक, आर्थिक, उत्पादनमा के प्रगति भयो त ? फेरि पनि भोट किन दिने केका लागी दिने ? यि र यस्तै प्रश्न आफुले आफैलाई गर्नुहोस् कुनै पार्टीको समर्थक भएर सोँच्नु भएन सही र ठिक छुट्याउने सक्के तपाईसँग क्षमता छ त्यसैले सोँचेर मतदान गर्नु पर्छ ।

तराई मेधेशलाई केन्द्र बनाएर राजनीति गर्ने दल हुन वा अन्य आफुलाई ठुला भन्ने राजनीतिक दलहरुले सधैँ भोट बैकको रुपमा मात्र प्रयाग गदै आइरहेका छन् । अहिले पनि तराई मधेशका क्षेत्रका बजारमा फोहर पानि बग्ने नालाको सही निकाश भएको देखिँदैन । हल्का पानि परेको अवस्थामा नालीको फोहर तथा दुर्घन्धित पानीले बाटोमा हिँड्नै मुस्किल हुने गरेको छ । शिक्षा क्षेत्रको अवस्था पनि त्यस्तै छ निःशुल्क शिक्षाका नाममा राजनीति भैरहेको छ । स्वास्थ्यको अवस्था झन जटिल रहेको छ । तराई मधेश सुगम भनेर भन्ने गरेपनि त्यो भनाईमा मात्र सिमित छ । स्वास्थ्यका नाममा ब्रम्ह्लुट भएको छ । सीमा क्षेत्रमा बस्ने नागरिकहरु जो मधेशको धर्तीपुत्रहरु छन् उनीहरु अझँै पनि सामान्य उपचारका लागी छिमेकी देश भारतमा जाने गर्दछन् । गाँउ घरमा स्वास्थ्य क्लिनिक छैनन्, भवन भएपनि औषधि छैन, औषधि भएपनि दिने स्वास्थ्यकर्मी नै छैन यस्तो अवस्थामा निःशुल्क स्वास्थ्यको नारा घन्काउँदै भोट माग्न लाज मानिरहेका छैनन् उम्मेदवारहरु ।

पहाडमा सुत्केरी हुँदा महिलाको ज्यान ज्याने गरेको समाचार सञ्चार माध्यममा आउँछ तर, भारतीय सीमा क्षेत्रमा बसोबास गरेका मधेशी समुदायका महिला भारतका झोले डाक्टरहरुसंग उनीहरुको विश्वासमा परी ज्यान गुमाइरहेका घटना बाहिर आउँदैनन् । अझैँ पनि जनचेतनाको अभावमा झेली रहेका छन् तराई मधेशका जनता । अझै पनि भुमरिमा छन् । आवश्वानले पेट भरिएको छ, खेतमा लहलह बाला लागेका छन् । तर, यर्थातमा आर्थिक रुपमा कमजोर बन्दै गएको छ । त्यसको पुर्तीको लागी जग्गा बाँझो राखेर मरभुमिमा रगत पसिना बगाउन जानेको संख्या बढिरहेको छ । राजनीति गर्नेहरुले यसलाई सधैं भोट बैंकको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।

पटक–पटक परिवर्तनका लागी लडेका तराई मधेशका नागरिकले त्यो परिवर्तको आफ्नो पन अहिलेसम्म पाएका छैनन् । परिवर्तका लागी लड्दा कयौँले ज्यान गुमाए, सयौँ अगभंग भए तर, त्यसको कुनै मुल्य भएन । हिजो जुन अवस्थामा यो वर्ग थियो आज पनि त्यहीँ छ । होला परिवर्तनको नाममा एक वा दुई जनाले प्रगति गरेको तर, त्यसको प्रभाव टोल, गाँउ तथा शहरमा परेको छैन ।

अझैं केही नागरिक बेलुका खाए विहान के खाने भन्नेमा छन् । यस्तो अवस्थामा गलत नियत भएका उम्मेदवारले यसको फाइदा पनि उठाउने कार्य गर्दछन् । तर, अब सेचत हुने बेला आइसकेको छ ।

अब परिवर्तको लागी फेरी पनि लडाई लड्नु पर्ने बेला भएको छ । अब त्यो लडाई चक्काजाम, तोडफोड तथा सडकबाट होइन मतदानबाट गर्नु पर्ने छ । आफुलाई मन पर्ने, यसले गर्छ भन्ने सोँच विचार भएको उम्मेदवारलाई सबैले मतदान गर्न जरुरी छ । हुन त सवैका चिल्ला कुरा हुन्छन् तर, एक पटक सोँच्नुहोस्, तपाईको मनमा पक्कै पनि अनुभुति हुने छ, यो उम्मेदवार भन्दा यसले केही गर्छ भन्ने सोँच आउँछ अनि त्यसलाई मतदान गर्नुहोस्, जित तपाईको हुने छ । आशा छ यसपटको लडाँईमा तपाई हाम्रो जित हुनेछ । अनि विकासको प्रगतिलाई रफतारमा लैजान सकिन्छ ।