संघ र प्रदेशमा बाँके र बर्दियाबाट क–कसले पाउदैनन मन्त्री बन्ने मौका


संघ र प्रदेशमा बाँके र बर्दियाबाट क–कसले पाउदैनन मन्त्री बन्ने मौका

बाँके र बर्दियाबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन जितेपछि को केन्द्रको मन्त्री तथा को प्रदेश सभाको मन्त्री बन्ने भन्ने विषयमा पनि चिया पसल, भट्टी पसल तथा सार्वजनिक स्थानमा छलफल तथा बहस चलिरहेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि प्रदेशमा को मन्त्री बन्ने तथा संघको को मन्त्री बन्ला भन्ने विषयले पनि बजारलाई तताएको छ । प्रदेश र संघमा जित्न सक्ने संभावित उम्मेदवारको नाम निकाल्दै उनीहरुले मन्त्री हुने लगभग पक्का पनि गरेका हुन् । त्यसो त उम्मेदवारहरुले आफु संघको, प्रदेशको मन्त्री हुने भनेर नभनिरहेको अवस्थामा उम्मेदवारहरुको जितपछि मन्त्री बन्ने लगभग सबैको सोँच रहेको पाइएको छ ।

बर्दिया

शुरु गरौं बर्दिया क्षेत्र न– २ बाट सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थ, नेकपा एमालेबाट पंकजसिंह राठौर र राप्रपाबाट विनय रावल चुनावी मैदानमा रहेका छन् । तुलनात्मक रुपमा नेकपा एमाले कमजोर रहेको सो क्षेत्रमा मृख्य प्रतिस्पर्धा राप्रपा र गठबन्धनका उम्मेदवारकाविच देखिन्छ, यता नागरिक उम्मुक्ति पार्टिबाट लालविर चौधरी पनि चुनावी मैदानमा छन् । उनी स्वतन्त्र लडेपनि पार्टीको सर्पोट रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

गठबन्धनकातर्फ बाट सुरेश पन्थले चुनाव जितेमा उनको पहिलो सोँच मन्त्री बन्ने हुने छ । बिजनेसबाट राजनितिमा छिरेका पन्थ निकै चतुर खेलीडी मानिन्छन । पन्थ, रावल र चौधरी पहिलो पटक निर्वाचन लडदै छन् । प्रदेश सभा (क) बाट गठबन्धनका उम्मेदवार नेपाली काग्रेसका जन्मजय तिमिल्सिना, नेकपा एमालेबाट लहानु थारु, नागरिक उम्मुक्ति पार्टीबाट प्रदेशी चौधरी, राप्रपाबाट कन्हैयालाल थारु सहित ६ जना चुनावी मैदानमा छन् । ६ जना मध्ये मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उम्मुक्ति पार्टी विच देखिएको छ । गठबन्धनको तर्फबाट जन्मजय तिमिल्सिनाले जित निकाले पनि तत्कालै मन्त्री बन्ने सम्भावन न्यून छ ।

पार्टीको आन्तरिक निर्वाचनमा लुम्बिनी प्रदेशको पदाधिकारीमा पराजित भएका तिमिल्सिना गठबन्धन ५ वर्षसम्म टिकेको अवस्थामा भने मन्त्री बन्ने सम्भावन रहिरहने छ । यता प्रदेश सभा (ख)बाट नेकपा एमालेका कृष्णी थारु, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मानबहादुर थारु, नागरिक उम्मुक्ति पाटिबाट धर्मबहादुर चौधरी सहित ६ जना चुनावी मैदानमा रहेका छन् । ति मध्ये नेकपा एमाले, गठबन्धनका उम्मेदवार र नागरिक उम्मुक्ति पार्टीविच प्रतिस्पर्धा देखिन्छ । नेकपा एमालेका कृष्णी थारु लुम्बिनी प्रदेशको उपसभामुख हुन् भने, गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पुराना नेता हुन् । नेकपा एमालेलाई जित निकाल्न फलामको चिउरा चपाउनु सरह देखिन्छ । गठबन्धनबाट मानबहादुर चौधरीले जित निकालेको अवस्थामा मन्त्री बन्ने लाइनमा भएपनि सम्भावन न्यून रहने छ ।

बर्दिया क्षेत्र न–१ को कुरा गर्दा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सञ्जयकुमार गौतम, नेकपा एमालेबाट लक्ष्मणराज ज्ञवाली, राप्रपाबाट सूर्यबहादुर सिंह लगायत १० जना चुनावी मैदानमा रहेका छन् । ति मध्ये मुख्य प्रतिस्पर्धा गठबन्धनका उम्मेदवार, नेकपा एमालेविच नै देखिएको छ । तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादीको गठबन्धनका उम्मेदवार रहेका बामदेव गौतमलाई पराजित गरेका नेपाली काँग्रेसका सञ्जय गौतमलाई यसपटक माओवादीसंगको गठबन्धनले थप बल पुगेको छ । गौतमले जितेको अवस्थामा उनी मन्त्री बन्ने लगभग पक्का जस्तै देखिन्छ । पार्टी भित्र सेखर समुह तिरका गौतम एक पटक सिचाई मन्त्री समेत भैसकेका छन् ।

उता नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवाली सालिन व्यक्तिको रुपमा परिचित छन् । नाताले बामदेव गौतमका बैनि ज्वाई रहेका ज्ञवाली पहिलो पटक निर्वाचन लडदै छन् । यसैगरी कान्तिपुरको जागीर छोडेर राजनीतिमा छिरेका ठाकुरसिंह थारु नागरिक उम्मुक्ति पार्टीबाट पहिलो पटक निर्वाचन लड्दै छन् । प्रदेश सभातर्फ (क) बाट नेकपा एमालेका शालिकराम अधिकारी, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका भुवनेश्वर चौधरी, नागरिक उम्मुक्ति पार्टीबाट खेमबहादुर थारु, नेकपा एकिकृत समाजवादीका डिलबहादुर केसी चुनावी मैदानमा छन् । यी मध्ये मुख्यत गठबन्धन, नेकपा एमाले र नागरिक उम्मुक्ति पार्टी विच प्रतिस्प्रर्धा देखिन्छ ।

गठबन्धनको सहयोगमा नेपाली काँग्रेसबाट निर्वाचन लडेका भुवनेश्वर चौधरी मन्त्री बन्ने लाइनबाट टाढै रहेका छन् । नेकपा एमालेबाट निर्वाचन लडेका शालिकराम अधिकारीले बाँसगढि नगरपालिकाको मेयर भएर काम गरिसकेका छन । शालिकरामले जित निकाले पनि उनी मन्त्री बन्ने लाइनमा छैनन । प्रदेश सभा (ख) मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अञ्जु दहित, नेकपा एमालेका भक्तबहादुर विक, नेकपा एकिकृत समाजवादीका बखतबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीबाट रामकुमार चौधरी, स्वतन्त्र उम्मेदवार सुभाष पोखरेल लगायत ११ जना चुनावी मैदानमा रहेका छन् । ति मध्ये गठबन्धनका उम्मेदवार, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा देखिन्छ ।

गठबन्धनकोतर्फ बाट निर्वाचन जितेमा अञ्जु दहित पहिलो लटमा नै मन्त्री बन्ने पक्का छ । दहित बारबर्दिया नगरपालिकाको उपप्रमुखको रुपमा पनि काम गरिसकेकी हुन् । पार्टिले उनलाई अहिले प्रदेश सभामा उठाएको हो । उता नेकपा एमालेका भक्तबहादुर विकले निर्वाचन जितेमा पनि प्रदेशमा नेकपा एमालेको सरकार भएमा मन्त्री पाउने पक्का देखिन्छ ।

बाँके

प्रतिनिधि सभाबाँके क्षेत्र नम्बर–१ मा गठबन्धनको तर्फबाट महेश्वरजंग गहतराज (अथक), नेकपा एमालेबाट सूर्यप्रसाद ढकाल, जसपाका रामकुमार यादव, नागरिक उन्मुक्ति पार्टीबाट सुरेशकुमार चौधरी सहित ११ जना चुनावी मैदानमा रहेका छन् ।

११ जना मध्ये गठबन्धनका उम्मेदवार, नेकपा एमालेका उम्मेदवार र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारविच कडा प्रतिस्पर्धा देखिन्छ । गएको निर्वाचनमा नेकपा एमालेको गठबन्धनबाट सहजै जित निकालेका माओवादी केन्द्रका महेश्वरजंग गहतराजले यसपटक काँग्रेसको साथ पाएका छन् । मन्त्री रहेका अथक निर्वाचन जितेमा फेरि पनि मन्त्री बन्ने पक्का जस्तै देखिन्छ । गएको निर्वाचनमा अथकका लागी भोट माग्दै हिँडेका नेकपा एमालेका सूर्य प्रसाद ढकाल अहिले राप्रपाको सहयोगमा निर्वाचन जित्ने तयारीमा रहेका छन् । प्रदेश सभा (क) मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णा केसी, जसपाका अम्बरबहादुर खडका, नागरिक उन्मुक्ति पार्टीबाट सोमराज चौधरी, राप्रपाबाट नरेन्द्रकुमार पौडेल लगायत ९ जना चुनावी मैदानमा रहेका छन् । ति मध्ये गठबन्धनका उम्मेदवार, नेकपा एमालेको समर्थनमा राप्रपाका नरेन्द्रकुमार पौडेल, नागरिक उन्मुक्ति पाटिका सोमराज चौधरी र जसपाका अम्बरबहादुर खडका विच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेश मन्त्री भएरपनि केहि काम गर्न नसकेको भन्ने आरोप झेलिरहेका गठबन्धनका उम्मेदवार कृष्णा केसीलाई जित निकाल्न धेरै मिहेनत गर्नु पर्ने देखिन्छ । यता प्रदेश सभा (ख) बाट नेकपा एमालेका दुर्गाप्रसाद चौधरी, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका फूलाराम थारु, जसपाका लालबहादुर शाह, नागरिक उन्मुक्ति पार्टीबाट भुवनबहादुर भण्डारी सहित जम्मा ७ जना चुनावी मैदानमा रहेका छन् । ति मध्ये गठबन्धनका उम्मेदवार फूलाराम चौधरी, राप्रपाको सहयोगमा नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद चौधरी, नागरिक उन्मुक्ति पार्टीका भुमबहादुर भण्डारीविच प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनका उम्मेदवारले जितेको अवस्थामा फूलराम थारुले तत्कालै मन्त्रीपाउने सम्भावन न्यून रहेको छ ।

बाँके क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेको समर्थनमा राप्रपाका डाक्टर धवल शम्शेर जंगबहादुर राणा, जसपाका मोहम्मद इश्तियाक राई, सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सुदीप नरसिंह राणा, स्वतन्त्र उम्मेदवार दीवाकर खनाल, स्वतन्त्र उम्मेदवार समसुल हक राई सहित १६ जना चुनावी मैदानमा रहेका छन् । यी मध्ये नेकपा एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवार बनेका डाक्टर धवलशम्शेर जंगबहादुर राणा, जसपाका मोहम्मद इश्तियाक राई, सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सुदीप नरसिंह राणा र स्वतन्त्र उम्मेदवार दीवाकर खनालविच नै मुख्य प्रतिस्पर्धा देखिन्छ ।

नेकपा एमालेले संघमा सरकार बनाउने मौका पाएको खण्डमा राप्रपाका डाक्टर धवलशम्शेर जंगबहादुर राणाले निर्वाचन जिते भने मन्त्री बन्ने पक्का छ । राणा नेपालगन्ज उपमहानगरपालिकाको २ पटक नगर प्रमुख भैसकेका हुन् । यता जसपाका मोहम्मद इश्तियाक राइले निर्वाचन जिते पनि यसपटक मन्त्री हुने सम्भावना एकदमै कम रहेको छ । बाँके बाहेक अन्य पुर्वी जिल्लामा नेकपा एमालेसंग तालमेल गरेको जसपाले नेकपा एमालेले सरकार बनाउने मौका पाएको खण्डमा मन्त्री पाउने सम्भावन पनि रहन्छ । पदका लागी मरिहत्ते गर्ने राई पद नपाएको खण्डमा पार्टी समेत फुटाउने सक्ने उनकै कार्यकर्ताको भनाई रहेको छ । गठबन्धनका तर्फबाट जित निकाले पनि अर्का राणा भने मन्त्री हुने सम्भावन न्यून रहेको छ ।

प्रदेश सभा (क)मा नेकपा एमालेबाट विजयबहादुर यादव, गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका राजकुमार कुर्मी, जसपाबाट भण्डारीलाल अहिर, राप्रपाबाट बृजेशबहादुर सिहं सहित १२ जना चुनावी मैदानमा रहेका छन् । ति मध्ये गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका राजकुमार कुर्मीले निर्वाचन जितेको अवस्थामा प्रदेश सरकार गठबन्धनकै भएको अवस्थामा मन्त्री पाउने लाइनमा भएपनि सभावना न्यून देखिएको छ ।

प्रदेश सभा (ख) मा नेकपा एमालेबाट निरकबहादुर गुरुङ, गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सुरेन्द्रबहादुर हमाल, जसपाका आदेशकुमार अग्रवाल, जनमत पाटीबाट महमुदुल हसन अन्सारी लगायत ११ जना चुनावी मैदानमा रहेका छन् । ति मध्ये गठबन्धनका उम्मेदवार सुरेन्द्रबहादुर हमाल र नेकपा एमालेका निरकबहादुर गुरुङविच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनबाट निर्वाचन जितेको अवस्थामा हमाल फेरी पनि मन्त्री बन्ने देखिन्छ ।

बाँके क्षेत्र–३ प्रतिनिधि सभाको कुरा गर्दा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, नेकपा एमालेबाट किस्मतकुमार कक्षपति, जसपाबाट नोयन्द्र धिताल, लोसपाबाट हफिस पठान सहित ९ जना चुनावी मैदानमा रहेका छन् । ति मध्ये गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर नेकपा एमालेका किस्मतकुमार कक्षपतिविच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

गठबन्धनबाट निर्वाचन जितेको अवस्थामा राठौर मन्त्री बन्ने लगभग निश्चित छ । एमालेका कक्षपति पनि निर्वाचन जितेको अवस्था र केन्द्रमा एमालेको सरकार बनेको अवस्थामा मन्त्रीको लाइनमा रहेका छन । प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल आइपी, जसपाबाट गया सुददिन खाँ, स्वतन्त्र दलबहादुर सुनार र नेकपा एमालेबाट रत्नबहादुर खत्री सहित ७ जना चुनावी मैदानमा रहेका छन् । यी मध्ये गठबन्धनका उम्मेदवार इन्द्रप्रसाद खरेल, नेकपा एमालेका रत्नबहादुर खत्री र स्वतन्त्र उम्मेदवार रहेका दलबहादुर सूनार विच प्रतिस्पर्धा हुने देखिन्छ ।

दल बहादुर सुनार नेकपा एमालेका पुराना नेता हुन उनी पाटि फुटे सगै एकिकृत समाजवादीमा गएका थिए । निर्वाचनको प्रचार प्रसारकै क्रममा उनी सो पार्टी छोडी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेपनि उनको उम्मेदवारी कायमै रहेको छ । यस्तो अवस्थामा गठबन्धनका उम्मेदवार इन्द्रप्रसाद खरेलले जितेको अवस्थामा मन्त्री बन्ने लाइनमा रहेका छन् ।

प्रदेश सभा (ख) मा नेकपा एमालेबाट भिमबहादुर ओली, गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका बादशाह कुर्मी, जसपाबाट विजयकुमार पाठक ३ जना स्वतन्त्र सहित ९ जना चुनावी मैदानमा रहेका छन् । ति मध्ये गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका बादशाह कुर्मी र नेकपा एमालेका भिमबहादुर ओली विच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । केहि स्वतन्त्र उठेका उम्मेदवारहरुले मत काट्ने भएका कारण दुवै जनालाई जित निकाल्न सजिलो छैन । नेकपा एमालेका भिम ओली युवाका विच लोकप्रिय छन्, भने बादशाह कुर्मी पनि नेपाली काँग्रेसका पुराना नेताको रुपमा चिनिएका छन् । कुर्मीले जित निकालेपनि कोटाबाट मन्त्री बन्ने सम्भावना देखिन्छ भने ओलीले जित निकाले एमालेको प्रदेश सरकार बनेको अवस्थामा मन्त्री पाउने पक्का देखिएको छ ।

तर, पछिल्लो पटक राजनीतिक दलहरुको क्रियाकलापले गर्दा मतदाताहरुमा नैराश्यता देखिएको पनि छ । कहि कुनै क्षेत्रमामाथि उल्लेख गरिएको प्रतिस्पर्धामा अरु कुनै आएमा त्यो दलले छानेको उम्मेदवार खोट छ भनेर दलहरुले बुझन जरुरी छ ।