नेपालगन्ज : प्रहरीले भारतबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर नेपाल ल्याउदै गरेको अवस्थामा बिहीबार बिहान १० बजे तीन जनालाई नियन्त्रणमा लिएको छ ।
लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगन्ज र ईलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले कम्मरमा लुकाई ल्याउदै गरेको अवस्थामा बीरेन्द्रनगर–३ सुर्खेतका २२ वर्षिय अमृत बिक, ३२ वर्षीय चन्द्रबहादुर बिक र सुनसरी ईनरुवा–७ घरभई हाल बीरेन्द्रनगर–३ मा नाई पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दिपेन्द्र ठाकुरका साथबाट प्याकिङ् गरेको अवस्थामा १४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।
लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरीक्षक बिरबहादुर थापाले भारतबाट आउँदै गरेका बिकद्वय र ठाकुरका साथबाट प्लास्टिकमा प्याक गरेको अवस्थाको १४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिए ।
उनले बरामद ब्राउन सुगर र प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नेपालगन्ज पठाइएको बताए ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी