नेपालगन्ज : नेपाली काँग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा सोमबार नेपालगन्जमा विचार गोष्ठि सम्पन्न गरिएकोछ ।
नेपाली काँग्रेस बाँकेको आयोजनामा भएको कार्यक्रममा काँग्रेस नेताहरुले विपिको फोटोमा माल्यार्पण गर्दै पार्टीलाई बलियो बनाउन विपिका बिचार र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने औंल्याए ।
कार्यक्रममा कम्युनिस्ट सरकारको अधिनायकवाद र स्वेच्छाचारी प्रवृत्ति बढ्दै गइरहेको बताउदैं त्यस बिरुद्ध पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने काँग्रेस महामन्त्री कोइरालाले औंलाएका थिए ।
उनले विपिले देखाएको त्याग र निष्ठाको मार्गलाई नेता कार्यकर्ता सबैले अबलम्बन गर्न सके काँग्रेसलाई मात्र नभएर देशले सही दिशा पाउने बताएका छन् ।
विचार गोष्ठिलाई सम्बोधन गर्दै विपी पुत्र कोइरालाले भने सरकारले स्थानीय तह र प्रदेशमा कम बजेट विनियोजन गरेको भन्दै संघीयताको मर्मसमेत बुझ्न नसकेको आरोप लगाए ।
सरकारले खस्कँदो सुरक्षा व्यवस्था, आकासिँदो महँगी नियन्त्रण गर्न नसकेको अवस्थामा जनतालाई पानी जहाज जस्ता ठूलो सपना देखाउनुले देशलाई अझ ऋणमा फसाउन खाजेको उनले बताए ।
नेपाली काँग्रेस बाँकेकी अध्यक्ष किरण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम अघि नेपालगन्जको विपि चोकमा रहेको विपि कोइरालाको प्रतिमामा माल्र्यापण गरि श्रद्धाञ्जली सभा आयोजना गरिको थियो ।
जिल्ला समन्वय समिति बाँकेको सभाहलमा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. शाशान्क कोइराला, केन्द्रिय सदस्य बद्री पाण्डे, काँग्रेस बाँकेकी सभापति किरण कोइराला, पूर्व पार्टी बाँके सभापति सनत रेग्मी लगायतले बोलेका थिए ।
भने सोमबार बेलुका विपीको ३७ औं स्मृती दिवसका अवसरमा विपी चोकमा दीप प्रज्वलन समेत गरिएको नेपाली काँग्रेस बाँकेका युवा नेता सुधाम्सु कोइरालाले जानकारी दिए ।
विपी स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठिमा सहभागि भए लगत्तै काँग्रेसका महामन्त्री शसांक कोइराला सोमबार नै काठमाण्डौं फर्केको बुझिएकोछ।