नेपालगन्ज : लागुऔषध सहित महेन्द्र बहुमुखी क्याम्पस अगाडीबाट दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएकोछ ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ बस्ने १८ वर्षिय रोहित बुढा र कालिकोट शुभकालिका गाँउपालिका वडा नम्बर ३, भर्ता बस्ने २१ वर्षिय प्रकाश रोकयालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागु औषध नियन्त्रण व्यूरो नेपालगन्ज र सीमा प्रहरी कार्यालय जैसपुरको टोलीले नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पस अगाडी चेकजाँचका क्रममा सोमबार बेलुकी पौने ६ बजे उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
जमुनाहाबाट नेपालगन्जतर्फ संगै आउदै गरेका प्रकाश रोकाय र रोहित बुढालाई चेकजाँच गर्दा लागुऔषध बरामद भएको हो ।
प्रहरीको नियन्त्रणमा परेका रोहित बुढाले लगाएको बाँया जुत्ताको तलुवामुनी लुकाई राखेको १ पोका १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर र पाईन्टको पछाडी गोजीबाट १० ट्यावलेट नाईट्राजेपाम बरामद भएपछि दुवैजनालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको हो ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी