सिद्धार्थ होटलमा न्यु इयर इभ, प्रमोद खरेलको प्रस्तुती हुने


सिद्धार्थ होटलमा न्यु इयर इभ, प्रमोद खरेलको प्रस्तुती हुने

नेपालगन्ज १२ पुष : हरेक वर्षझैं यस वर्ष पनि अंग्रेजी नयाँ वर्ष २०२३ लाई भब्य रुपमा सफल पार्न सिद्धार्थ होटेल नेपालगन्जले साँस्कृतिक कार्यक्रमसहित न्यु एयर इभ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

न्यु एयरका अबसरमा सिद्धार्थ होटेल नेपालगन्जमा चर्चित गायक प्रमोद खरेलको पहिलो पटक ब्याण्ड सहितको बिभिन्न रोचक प्रस्तुती रहने छ ।

नेपालगन्जबासीलाई न्यु एयर इभमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाण्डौंबाट चर्चित गायक खरेललाई नेपालगन्जमा ल्याएर साँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

साँस्कृतिक कार्यक्रममा स्थानीय ब्याण्डसहित डिजेको पनि प्रस्तुति रहने छ । यसैगरी होटेल सिद्धार्थले नयाँ वर्षको अवसरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको ब्यबस्था मिलाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सिद्धार्थ होटेल नेपालगन्ज मै सबै भन्दा धेरै रुम भएको चार तारे होटेल हो । सिद्धार्थमा स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई नेपालगन्जकै सबै भन्दा अग्लो स्थानमा रहेको रुफटप रेष्टुरेण्टबारको पनि सुबिधा छ ।