नेपालगन्ज १२ पुष : हरेक वर्षझैं यस वर्ष पनि अंग्रेजी नयाँ वर्ष २०२३ लाई भब्य रुपमा सफल पार्न सिद्धार्थ होटेल नेपालगन्जले साँस्कृतिक कार्यक्रमसहित न्यु एयर इभ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
न्यु एयरका अबसरमा सिद्धार्थ होटेल नेपालगन्जमा चर्चित गायक प्रमोद खरेलको पहिलो पटक ब्याण्ड सहितको बिभिन्न रोचक प्रस्तुती रहने छ ।
नेपालगन्जबासीलाई न्यु एयर इभमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाण्डौंबाट चर्चित गायक खरेललाई नेपालगन्जमा ल्याएर साँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
साँस्कृतिक कार्यक्रममा स्थानीय ब्याण्डसहित डिजेको पनि प्रस्तुति रहने छ । यसैगरी होटेल सिद्धार्थले नयाँ वर्षको अवसरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको ब्यबस्था मिलाएको छ ।
सिद्धार्थ होटेल नेपालगन्ज मै सबै भन्दा धेरै रुम भएको चार तारे होटेल हो । सिद्धार्थमा स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई नेपालगन्जकै सबै भन्दा अग्लो स्थानमा रहेको रुफटप रेष्टुरेण्टबारको पनि सुबिधा छ ।
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा
एक किलो सुनका गहना लिएर आउँदै थिइन्, रुपन्देहीमा पक्राउ परिन्
बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?
छुरा प्रहारबाट घाइते भए तर १७४ यात्रुको ज्यान जोगाए, अहिले विश्वभरि ‘हिरो’ भए यी पाइटल
नेपाली काँग्रेसको महाधिवेशन : देउवाको समूहले आजदेखि वडाबाट सुरु गर्देैछ
इन्जिनियर सांसदहरूलाई बोलाएर प्रधानमन्त्रीले भने- राजनीति कम गर्नूस्, दक्षता देखाउनुस्