नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा एक हजार १ सय ९७ लागुऔषध दुव्र्यसनी छन् । लागुऔषध दुव्र्यसनविरुद्ध क्रियाशील विभिन्न सात संस्थाले यसअघि गरेको प्रारम्भिक सर्वेक्षणअनुसार यति दुव्र्यसनी फेला परेको हुन् ।
उपमहानगरपालिकाभित्र लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था यकिन गर्न नगरका २३ वटै वडाका जोखिमपूर्ण ४२ वटा स्थान छनोट गरी गरिएको प्रारम्भिक सर्वेक्षणमा नगर क्षेत्र लागुऔषधको उच्च जोखिममा रहेको र एक हजार १ सय ६३ पुरुष र ३४ महिला लागुऔषधको दुव्र्यसनीमा रहेको छ ।
तीमध्ये मुखबाट सेवन गर्ने एक हजार १२५, सुँघने ६३ र सुईंको माध्यमबाट लागुऔषध प्रयोग गर्ने नौ जना छन् । तथ्याङ्कअनुसार सबैभन्दा धेरै १६ देखि ४९ वर्ष उमेर समूहका एक हजार तीन, १२ वर्षमुनिका ६४ र ५० देखि ६१ वर्ष उमेर समूहका १३० छन् ।
लागुऔषध प्रयोगकर्तालाई यसको उपचार हुन्छ भन्ने जानकारी भए पनि हालसम्म २५० जनाले मात्र उपचार गर्दै आएको सर्वेक्षणमा जनाइएकोे छ । यो कूल संख्याको २० प्रतिशत मात्रै हो । सर्वेक्षणअनुसार नगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको संख्या भयावह देखिएको साहारा हाउस नेपालगन्ज शाखाका सञ्चालक अभिराज क्षेत्रीले बताउँछन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार जिल्लामा पाँच हजारभन्दा बढी लागुऔषध सेवनकर्ता रहेको अनुमान छ । लागुऔषध प्रयोगकै कारण एचआइभीको जोखिम उच्च रहेको उनले बताए । यकिन तथ्याङ्क नहुँदा रणनीति तयार गर्न समस्या भइरहेको उनी बताउँछन् ।
प्रहरीको लागु औषध व्यूरोकै अनुसार एभिल, डाइजोपाम, लुबिक जेसिकजस्ता सामान्य मूल्यका कारोवबार घटेपनि ब्राउन सुगर, चरेश, अफिमलगायत महँगो मूल्यका लागुऔषध प्रयोगकर्ता बढेको छ ।
लागुऔषध कारोवारका लागि नेपालगन्ज ट्रान्जिट बन्ने खतरा पनि उत्तिकै बढेको छ । उक्त ब्यूरोकाअनुसार प्रतिमहीना औसत ३० जनाका दरले लागुऔषध ओसारपसार तथा दुव्र्यसनीमा संलग्न व्यक्तिलाई पक्राउ पर्ने गरेका छन् ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी