नेपालगन्ज : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बस्नेतले गुण्डागर्दी, चोरी र लागुऔषध कारोबार तथा दुव्र्यसन नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
दुई साताअघि वडा प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक बस्नेतले बिहीबार कार्यालयमै पत्रकारहरुसँग गरिएको परिचयात्मक कार्यक्रममा नगरको शान्ति सुरक्षा प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।
प्रहरी निरीक्षक बस्नेतले गुण्डागर्दीविरुद्ध प्रहरीले शून्य सहनसिलताको नीति अख्तियार गर्ने पनि जानकारी दिए । नगरमा कुनै पनि किसिमको गुण्डागर्दी सह्य नहुने भन्दै प्रहरी निरीक्षक बस्नेतले भने, ‘नगरमा गुण्डागर्दी शून्य बनाउँछु । त्यसमा (गुण्डागर्दीप्रति) विल्कुलै कम्प्रोमाईज (सम्झौता) हुँदैन ।’
अध्ययनका क्रममा आफूले लामो समय नेपालगन्जमा विताएकाले यहाँको वस्तुस्थितिबारे जानकार रहेको र केही दिनको काम गराईको क्रममा समेत यहाँका चुनौतिहरुबारे साक्षात्कार हुने मौका पाएको भन्दै प्रहरी निरीक्षक बस्नेतले नगरवासीलाई शान्ति सुरक्षाको महशुस दिलाउने अठोट पनि सुनाए ।
प्रहरी निरीक्षक बस्नेतले शान्तिसुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताइरहँदा वडा प्रहरी कार्यालयमा भौतिक श्रोतसाधन र जनशक्तिको अभाव छ । न्यून जनशक्ति र श्रोतसाधन अभावले वडा प्रहरी कार्यालयको कार्यसम्पादन विगतदेखि नै अपेक्षित प्रभावकारी हुन नसकेको यथार्थ छ ।
नगरमा १७ वटामात्र वडा हुँदा कायम गरिएको वडा प्रहरी कार्यालयको ९९ जनाको दरवन्दी अहिले पनि कायमै छ । जबकी ६ वटा साविकका गाविसहरु नगरमा जोडिएका छन् । वडा प्रहरी कार्यालयमा नगरपालिका हुँदा कायम गरिएको दरवन्दी उपमहानगरपालिका भइसक्दा पनि बढाइएको छैन । जसका कारण भित्री बस्तीबाहेकका गाउँ÷टोलमा प्रभावकारीरुपमा सुरक्षा गस्ती गर्न वडा प्रहरी कार्यालयले सकिरहेको छैन ।
त्यसो त वडा प्रहरी कार्यालयमा अहिले दरवन्दी अनुसारकै जनशक्ति पनि छैन । ९९ जनाको दरवन्दीमा अहिले ६३ जना प्रहरी कर्मचारी अहिले वडा प्रहरी कार्यालयमा कार्यरत छन् । जसमा पनि १५/२० जना दैनिकजसो विदामै रहने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको शान्तिसुरक्षाको मुख्य जिम्मेवार मानिएको वडा प्रहरी कार्यालयमा दैनिक सरदर ४० जना प्रहरी कर्मचारी मात्र हुन्छन् ।
अपराध अनुसन्धानमा सघाउका लागि नगरक्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराहरुको अवस्था पनि नाजुक छ । नगरका विभिन्न चोक र सडकमा जडान गरिएका ५६ मध्ये अहिले ११ वटा सीसीटीभी क्यामेरा मात्र चालु अवस्थामा छ ।
यसैले पनि अहिले नगरमा प्रहरीको मोबिलाइजेशन (परिचालन) अधिकतम स्थानहरुमा हुनुपर्ने देखिन्छ । तर, प्रहरी जनशक्ति अभाव यस्तो छ कि, मुख्य चोक र प्रहरी बिटमा समेत प्रहरीलाई ड्युटीमा खटाउन सकिएको छैन ।
गस्तीका लागि पर्याप्त दुई पाग्रे्रे र चार पाँग्रे्रे सवारीसाधनको अभाव पनि वडा प्रहरी कार्यालयमा उस्तै छ । वडा प्रहरी कार्यालयमा अहिले २ वटा मात्र चार पाँग्र्रे गाडी छ भने मोटरसाइकल त एउटा पनि छैन । दुई वटा चार पाग्रे्रे गाडी पनि पटक–पटक विग्रिँदा समस्या हुने गरेको छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी