मनपरी सल्लाहकार नराख्न निर्देशन


मनपरी सल्लाहकार नराख्न निर्देशन

नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले स्थानीय तहलाई मनपरी सल्लाहकार नियुक्त नगर्न निर्देशन दिएका छन् । बिधि सम्मत तरिकाले सल्लाहकार राख्न उनले आग्रह गरेका छन् ।

जिससको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै उनले स्थानीय तहले राखेका बिभिन्न सल्लाहकारका बिषयमा असन्तुष्टि पोखेका छन् । जिसस समिक्षा बैठकमा सांसद र स्थानीय तहकै जनप्रतिनिधि भने सहभागी भएका थिएनन् ।

उक्त कार्यक्रममा सांसदहरु नआएपनि स्थानीय तहका जनप्रतिनिधिले पनि महत्व नदिए पछि संयोजक श्रीवास्तव आक्रोसित बनेका थिए । ‘स्थानीय तहको यो पनि एउटा संसद हो, यस्का सदस्य सांसदहरु पनि हुन् ।

आफ्नै जिल्लाको समिक्षा गर्न कोहि पनि उपस्थित नभएपछि उनीहरुप्रति खेद व्यक्त किन नगर्ने ?’ उनले भने । २-३ पटक सम्म सबै सांसदहरुलाई फोन गरेर उपस्तिथिका लागि निमन्त्रणा गर्दा समेत उपस्थित नभए पछि आफुले खेद व्यक्त गरेको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

संयोजक श्रीवास्तवले सबै स्थानीय तहको प्रगति सरदर ७५ प्रतिशत मात्र देखिएकोले आफू खुशी हुन नसकेको बताए । उनले स्थानीय तहप्रति ईंगित गर्दै भने ‘आफ्नै खातामा रहेको पैसा समेत किन खर्च गर्न सकिएन ?’