नेपालगन्ज : बाँके प्रहरीले ठूलो मात्रामा चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट गहनाका रुपमा थोरैथोरै गरी नेपालगन्ज ल्याइएको चाँदी बर्दिया लैजाने क्रममा पक्राउ गरिएको हो ।
नेपालगन्जको टाँगा स्टेशन नजिकबाट घुमुवा प्रहरीले चाँदी र मान्छेलाई नियन्त्रणमा लिएका थिए । चाँदीका गहनासहित सुभाष गुप्ता पक्राउ परेको बाँके प्रहरीले बताएको छ ।
नेपालगन्जको देवाफूलबारीमा भाडामा बसेका गुप्ता पाँच किलो ४ सय ९५ ग्राम चाँदीका गहना लिएर बर्दिया जान निस्किने बेलामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी बीरबहादुर ओलीले बताए ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी