नेपालगन्ज ६ चैत्रः नेपाल शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषिराज शर्मा निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनबाट शर्मा ६ सय ७९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी शेखरबहादुर रावतलाई दोब्बर बढी मतले पराजित गरे ।
निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता चित्रबहादुर शाहीले दिएको जानकारी अनुसार रावतले २ सय ८२ मत पाएका छन् । शिक्षक संघ बाँकेमा रावत यसअघि उपाध्यक्ष र शर्मा सचिवको जिम्मेवारीमा थिए । संघको सचिवमा चन्द्रबहादुर ऐरी निर्वाचित भएका छन् ।
उनले ५ सय ७६ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी हरिप्रसाद अधिकारीले ३ सय ७६ मत प्राप्त गरेका छन् ।
यसैगरी सह–सचिवमा रमेशकुमार बिसी ४ सय १६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी प्रदिपकुमार खत्रीले ३ सय २३ र गोविन्दराज पौडेलले २ सय १७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
संघ बाँकेमा एक हजार २ सय ५७ मतदाता रहेकोमा ९ सय ९० मत खसेको थियो । संघको उपाध्यक्ष (खुल्ला) मा मनोजराजा श्रीवास्तव, महिला उपाध्यक्षमा तारा थापा, सचिव (अर्थ) मा पुस्करराज खड्का, सहसचिव (महिला) मा शोभा मल्ल, सहसचिव (अर्थ महिला) मा यशोदा शाह, सहसचिव (समावेशी)मा पवनेश्वर पण्डित, सहसचिव(समावेशी) मा मोहन चौधरी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
यस्तै सदस्यहरुमा गिता पौडेल, गिता क्षेत्री, सन्ध्या गुप्ता, भुलप्रसाद अधिकारी, महारुप जैसी, राजन कँडेल, बिरेन्द्र कुमार पाण्डे निर्विरोध भएका छन् । त्यस्तै प्रदेश अधिबेशन प्रतिनिधिमा ऋचा लक्ष्मी श्रेष्ठ, निर्मला राणा, नबराज ढकाल, नारायण कुमार लामिछाने, बद्रीनाथ सापकोटा, बिक्रम प्रसाद बर्मा तथा संघिय महाधिवेशन प्रतिनिधीमा मिना चन्द, यशोदा उपाध्याय, छत्रप्रसाद रेग्मी, पवन कुमार यादव र बीरेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति