जसपाका केन्द्रिय सदस्य सन्ध्या देव जनमत पार्टीमा प्रवेश


जसपाका केन्द्रिय सदस्य सन्ध्या देव जनमत पार्टीमा प्रवेश

नेपालगन्ज ५ चैत्र : संविधान सभा सदस्य एवं जसपाका केन्द्रिय सदस्य सन्ध्या देव जनमत पार्टीमा प्रवेश गरेकी छन् । खानेपानी मन्त्री अब्दुल खानले शनिबार एक कार्यक्रममा सन्ध्या देवलाई पार्टीमा प्रवेश गराए ।

नेपाली काँग्रेस, फोरम हुँदै सबैजसो मधेसी आवद्ध भइसकेकी सन्ध्या देव पछिल्लो समयमा जसपाको केन्द्रिय सदस्य थिइन् । तराईमा प्रभाव जमाउँदै अगाडि बढेको डाक्टर सिके राउतको पार्टीमा प्रवेश गरेकी सन्ध्या देवले पार्टीमा आफूले इमान्दारीपूर्वक काम गर्ने बताइन् । सन्ध्या देवलाई फोरमले संविधान सभा सदस्य बनाएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add