नेपालगन्ज ७ चैत्र : नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री पत्नी आरजु देउवाका कारण वैधानिक अर्थतन्त्र कमजोर भएको आरोप लगाएका छन् ।
मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ, नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनार्दन र आरजुले गर्दा अवैधानिक अर्थतन्त्र बलियो भएको आरोप लगाए । उनले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउने कामले अध्याँरो कोठामा नेपाली रुपैयाँ जम्मा गरेर राखिएको बताए ।
महासचिव पोखरेलले प्रचण्डको चरम दक्षिणपन्थी नांगो दलालीका कारण एमालेसँगको गठबन्धन टुटेको बताउँदै अहिलेको गठबन्धन पनि लामो समयसम्म नजाने दोहो¥याए । उनले मन्त्रालय बाँडफाँडमै अहिलेको गठबन्धनमा असर देखिने बताए ।
एमालेले ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेको छ । महासचिव पोखरेलले ग्रासरुट सकिँदा पार्टी विस्तारसँगै नेता तथा कार्यकर्तामा देखिएको मनमुटावको अन्त्य हुनुपर्ने बताए ।
स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र राजन भट्टराई, युवा विभाग इन्चार्ज महेश बस्नेतले नयाँ पुस्तालाई पार्टीमा ल्याएर जिम्मेवारी दिनुपर्ने बताए ।
एमाले निकट युवा संघको चैत्र २७ देखि २९ गतेसम्म बाँकेमा नवौं राष्ट्रिय महाधिवेशन हुँदैछ । त्यसका लागि मंगलबार नै पार्टी कार्यालयमा सचिवालय स्थापना गरिएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । महाधिवेशनमा एक हजार सात सय प्रतिनिधि आउँदैछन् ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक