‘आरजु र जनार्दनले अर्थतन्त्र कमजोर पारे’


‘आरजु र जनार्दनले अर्थतन्त्र कमजोर पारे’

नेपालगन्ज ७ चैत्र : नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री पत्नी आरजु देउवाका कारण वैधानिक अर्थतन्त्र कमजोर भएको आरोप लगाएका छन् ।

मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ, नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनार्दन र आरजुले गर्दा अवैधानिक अर्थतन्त्र बलियो भएको आरोप लगाए । उनले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउने कामले अध्याँरो कोठामा नेपाली रुपैयाँ जम्मा गरेर राखिएको बताए ।

महासचिव पोखरेलले प्रचण्डको चरम दक्षिणपन्थी नांगो दलालीका कारण एमालेसँगको गठबन्धन टुटेको बताउँदै अहिलेको गठबन्धन पनि लामो समयसम्म नजाने दोहो¥याए । उनले मन्त्रालय बाँडफाँडमै अहिलेको गठबन्धनमा असर देखिने बताए ।

एमालेले ग्रासरुट कार्यक्रम सञ्चालन गरिरहेको छ । महासचिव पोखरेलले ग्रासरुट सकिँदा पार्टी विस्तारसँगै नेता तथा कार्यकर्तामा देखिएको मनमुटावको अन्त्य हुनुपर्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र राजन भट्टराई, युवा विभाग इन्चार्ज महेश बस्नेतले नयाँ पुस्तालाई पार्टीमा ल्याएर जिम्मेवारी दिनुपर्ने बताए ।

एमाले निकट युवा संघको चैत्र २७ देखि २९ गतेसम्म बाँकेमा नवौं राष्ट्रिय महाधिवेशन हुँदैछ । त्यसका लागि मंगलबार नै पार्टी कार्यालयमा सचिवालय स्थापना गरिएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । महाधिवेशनमा एक हजार सात सय प्रतिनिधि आउँदैछन् ।