नेपालगन्ज : अज्ञात समूहले बाँकेमा रहेका दुईवटा एनसेल टावरमा आगजनी गरेको छ । बुधबार मध्यरातमा मनिकापुर र कम्दीका रहेका दुईवटा एनसेल टावरमा आगजनी गरिएको हो ।
प्रहरीका अनुसार, राती करिब दुई बजेतिर नेपालगन्ज–२० मनिकापुरको नयाँबस्ती र डुडुवा–४, कम्दीको मेहमानपुरको एनसेल टावरमा आगजनी गरिएको छ ।
जुटको बोरामा पेट्रोल छर्केर आगो लगाइएको थियो । आगोले टावरको तारहरु जलेका छन् । एनसेलका प्राविधिक आएर मूल्यांकन गरेपछि मात्रै क्षतिको विवरण आउने जनाइएको छ ।
एनसेल टावरमा आगलागी गरिएको विहान थाहा भएको थियो । बाँके प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले एनसेल टावरमा आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।
‘मध्यरातमा एनसेल टावरमा आगजनी गरिएको छ । ठूलो क्षति भएको छैन । तारहरु जलेका छन,’ प्रवक्ता सापकोटाले भने, आगजनी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरेका छौं ।’ बाँकेमा एनसेलका एक सयको हाराहारीमा टावर रहेका छन् ।
एनसेलका टावरलाई विप्लव नेतृत्वको नेकपाले निशाना साँधिरहेका छन् । अहिलेको आगजनीमा विप्लव नेकपाकै हात रहेको आँकलन गरिएको छ । यद्यपि, विप्लव नेकपाले त्यसबारेमा कुनै प्रतिक्रिया दिइसकेको छैन । बाँकेमा विप्लव नेकपाका ठूला नेतालाई प्रहरीले पक्राउ गरेर जेल पठाएको छ ।
पोलिटब्यूरो सदस्य भरत बम कारागार चलान भएका छन् । अरुलाई पनि धरपकड गर्ने काम भइरहेका छन् । विप्लव नेकपाले नेपाल बन्दलगायतका गतिविधि गर्दा बाँकेमा कुनै गतिविधि भएका थिएनन् ।
अहिले एक्कासी एनसेल टावरमा आगजनी भएको छ । यसअघि पनि यस्ता घटना भएका थिए । रोल्पा, रुकुमलगायतका पहाडी जिल्लामा विप्लवको गतिविधि बढ्दा पहाडी जिल्लाका लागि ‘सेल्टर’को रुपमा रहने बाँकेमा त्यसको प्रभाव देखिने गरेको छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी