नेपालगन्ज: बाँकेको कोहलपुरमा भयानक सडक दुर्घटना भएको छ । कोहलपुर न्यूरोडस्थित गोलपार्कमा अटो रिक्सा दुर्घटना हुँदा चालक घाईते भएका छन् । न्यूरोड चोकदेखि मेडिकल कलेजतर्फ जाँदै गर्दा भे १ ह ६६५ नम्बरको अटो दुर्घटना भएको हो ।
न्यूरोड चोकमा अर्को अटोलाई ठक्कर दिएर भाग्दै गरेको अवस्थामा गोलपार्क नजिकै भयानक दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा परी शाही थरका अटो चालक गम्भीर घाईते भएको र उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको प्रहरीले जनाएको छ । घाईतेको दुबै हातमा चोट लागेको छ भने अटो पूर्ण रुपमा क्षतीग्रस्त भएको छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी