नेपालगन्ज: बाँके र बर्दियामा पछिल्लो समय बलात्कारका घटना सार्वजनिक हुन थालेका छन् । यसरी सार्वजनिक भइ जिल्ला प्रहरीमा दर्ता भएका दर्ता भएका बलात्कारका अधिकांश मुद्दा असफल भएका छन् ।
प्रहरीमा प्रेमिकाले प्रेमीविरुद्ध मुद्दा दर्ता गराएको पाइएको समेत जिल्ला प्रहरी बाँकेका प्रहरी निरीक्षक दीपक मल्ल बताउँछन् । ‘पहिले सहमतिमा भएका सम्बन्धलाई पनि केहीले बलात्कारका रूपमा मुद्दा दर्ता गरेको पाइएको प्रहरी नै बताउँछ ।
बलात्कार र बलात्कार प्रयास भएको जाहेरी आएपछि फर्काउन मिल्दैन,’ उनले भने,‘केही मुद्दाको अनुसन्धान गर्दै जाँदा बलात्कार नभई अर्कै कारण भएको भेटिन्छ ।’
सहमतिमा सम्बन्ध राख्ने र पछि विभिन्न माग राख्दा पूरा नभएका कारण मुद्दा दर्ता हुने गरेको पनि भेटिएको छ ।
बाँके र बर्दियामा रहेको स्वास्थ्य संस्थामा आवश्यकता अनुसारका जनशक्ति र स्रोत साधनको अभावमा यौनजन्य दुव्र्यवहारका घटनाको स्वास्थ्य जाँच रिपोर्ट दिन सहज छैन् ।
स्वास्थ्य रिपोर्टकै कारण कतिपय त्यस्ता मुद्दाको परिणाम फरक पर्दै आएका छन् । परम्परागत तरिकाले स्वास्थ्य जाँच गर्नु परिरहेको चिकित्सक बताउँछन् । यहाँका स्वास्थ्य संस्थामा बलात्कार पीडितको स्वास्थ्य जाँच गर्नका लागि ल्याब छैन् । सुनियोजित तरिकाले घटाइएका यौनजन्य घटनाबाट पीडितको स्वास्थ्य जाँच गर्न समस्या हुने भेरी अस्पतालका डाक्टर बद्री चापागाईं बताउँछन् ।
उनका अनुसार यस्ता विविध कारणले यौन दुव्र्यवहारका घटनामा एकिनका साथ रिपोर्ट दिन सक्ने अवस्था छैन ।प्रहरीका अनुसार गएको आर्थिक वर्षमा बाँकेमा ६ र बर्दियामा चार महिला जबर्जस्ती करणीमा परेका थिए ।
बाँकेमा बलात्कार ५६ र बलात्कार प्रयास ४ गरी ६० मुद्दा दर्ता भएका छन् । यस्ता मुद्दा संवेदनशील भएकाले प्रहरीमा आउनेबित्तिकै दर्ता हुने गरेका छन् । बर्दियामा गत वर्ष बलात्कार २९ र जबर्जस्ती प्रयास १४ र बाल यौन दुव्र्यवहारका १ गरी ४४ मुद्दा दर्ता भएका थिए ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी