युवा संघको केन्द्रिय सदस्यमा बाँकेकी लक्ष्मी मनोनित


युवा संघको केन्द्रिय सदस्यमा बाँकेकी लक्ष्मी मनोनित

 
 
नेपालगन्ज २७ बैशाख : राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यमा लक्ष्मी वुढा मनोनित भएकी छन् । बाँके जिल्लाबाट उनी एक मात्र मनोनित भएकी हुन् ।
नेपालगन्जमा हालै सम्पन्न राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन लगतै लक्ष्मीलाई केन्द्रिय कमिटीले मनोनित गरेको हो ।
 
राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकमा केन्द्रिय सदस्य लक्ष्मीले सपथ ग्रहण लिएकी छन् ।
 
बाँकेको बैजनाथ गाउँपालिका घर भएकी लक्ष्मी अखिलको विद्यार्थी राजनीतिबाट उदायकी हुन् । निर्वाचन, सभा, सम्मेलन, जुलुसमा उनी सधैं अग्रपंक्तिमा रहन्छिन् ।
 
सपथ पश्चात केन्द्रिय सदस्य लक्ष्मीले राष्ट्रिय युवा संघ नेपाल र एमाले पार्टीलाई उचाइमा पु¥याउन आफु कम्मर कसेर लाग्ने प्रतिक्रिया दिइन् ।
 
Kids Festival 2022
kanti aarogya hospital