नेपालगन्जःनेपालमा आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेको दर ८ प्रतिशतले बढेको प्रहरी तथ्यांकले देखाउँछ । प्रहरी प्रधान कार्यालयको एक विवरणअनुसार दैनिक सरदर १६ जनाले अप्राकृतिक मृत्युको बाटो रोज्ने गरेका छन् । प्रहरीमा दर्ता मुद्दाको विवरण हेर्ने हो भने ज्यान मुद्दापछि सबैभन्दा बढी आत्महत्या भएको देखिन्छ ।
प्रहरी प्रधान कार्यालय अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यो संख्या कम थियो । गत आर्थिक वर्षमा ५ हजार ३ सय १७ जनाले आत्महत्या गरेका थिए ।
त्यस्तै, आर्थिक वर्ष ०७३/०७४ मा ५ हजार १ सय २४, ०७२/०७३ मा ४ हजार ६ सय ८० र ०७१/०७२ मा ४ हजार ३ सय ३२ जनाले आत्महत्या गरेको तथ्यांक छ ।
सबैभन्दा बढी झुण्डिएर आत्महत्या
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनमा सबैभन्दा बढी झुण्डिएर मानिसले आत्महत्या गरेको पाइएको छ । यसरी आत्महत्या गर्नेको संख्या आर्थिक वर्ष ०७५/०७६ मा ४ हजार ३ सय १२ थियो भने ०७४/०७५ मा ३ हजार ८ सय ६८ जनाले झुण्डिएर प्राण त्यागेका थिए ।
दोस्रोमा विष खाएर आत्महत्या गर्नेको संख्या उल्लेख्य देखिन्छ । आर्थिक वर्ष ०७५/०७६ मा १ हजार ३ सय २० जनाले विष खाएर आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षमा १ हजार ३ सय ६३ जनाले विषय पिएका थिए ।
पानीमा हाम फालेर मृत्यु हुनेको संख्या ३० छ । आर्थिक वर्ष ०७४/०७५ मा चाहिँ ११ जनाले पानीमा हाम फालेर प्राण त्यागेका थिए । अग्लो स्थानबाट हाम फालेर आत्महत्या गर्नेको संख्या ४८ छ भने आर्थिक वर्ष ०७४/०७५ मा ५० थियो ।
आफैंलाई करेन्ट लगाएर आत्महत्या गर्नेको संख्या आर्थिक वर्ष ०७५/०७६ मा ४ छ भने अघिल्लो आर्थिक वर्षमा एक जनाले यसरी मृत्युवरण गरेका थिए ।
किन हुन्छ आत्महत्या ?
आत्महत्या बढ्नुको एउटा प्रमुख कारण मानिसको बदलिँदो जीवनशैलीलाई पनि मानिन्छ । एकातिर समाजको जीवनशैली खर्चिलो बनिरहेको छ भने अर्कोतिर बेरोजगारीको समस्या बढ्दै जानुले पनि दिनहुँ आत्महत्याले प्रसय पाइरहेकोछ ।
प्रविधिले ल्याएको सहजतासँगै यसले निम्त्याएको समस्या पनि बढ्दो छ । जसले गर्दा मानिसमा वितृष्णा पैदा हुनुका साथै सही समयमा सही निर्णय गर्ननसक्दा आत्महत्याको बाटो रोजिरहेको जानकार बताउँछन् ।
त्यसो त शिक्षा, स्वास्थ्यसँगै सन्तानको चिन्ताका कारण पनि आत्महत्या गर्नेको संख्या बढिरहेकोछ । मानिसमा सफलताको तीव्र आकांक्षा हुनु र असफलता प्राप्त हुँदा आफूलाई नियन्त्रण गर्न नसकि पनि मानिसले आत्महत्या गर्छन । तर, आत्महत्याको अधिकांश घटनामा भिन्दाभिन्दै समस्या र कारण भेटिन्छ ।
अभिभावकको माया नपाएर बच्चाले आत्महत्या गर्नु, युवा पुस्ताले प्रेम सम्बन्धमा दरार आउँदा अप्रिय निर्णय लिनु र प्रौढ उमेरकाले आर्थिक समस्या, प्रतिष्ठामा आएको आँच लगायतका कारण देह त्याग्ने गरेको विभिन्न अनुसन्धानबाट खुलेको छ ।
नेपालमा पछिल्ला दिनमा विवाहेत्तर सम्बन्धका कारण पनि आत्महत्या गर्नेको संख्या बढ्दो छ । श्रीमान विदेशमा भएको अवस्थामा हुने विवाहेत्तर सम्बन्धको पोल खुलेपछि आत्महत्या गरिएका पनि थुप्रै घटना नेपालमा छन् ।
सामाजिक सञ्जालले चरित्रमा ल्याएको विचलनले पनि आत्महत्यालाई प्रेरित गरिरहेको छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी