रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छाप्ने गिरोह पक्राउ


रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छाप्ने गिरोह पक्राउ

भारत बहराईच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छाप्ने गिरोह ।

नेपालगन्ज ३० वैशाख : भारत बहराईच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छाप्ने गिरोहलाई प्रहरीले पक्राउ गरेकोछ । नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

नेपाली सीमानासँग जोडिएको भारतीय बजार रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपाल पठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेसँगै नक्कली नेपाली रुपैयाँ भारतबाट छापेर नेपाल भित्रिने गरेको तथ्य समेत बाहिरिएकोछ ।

नक्कली नेपाली र भारतीय नोट छाप्न प्रयोग गरिएको मेसिन(प्रिन्टिर, ल्यापटप) सहित बहराइच एटिएस र रुपैडिहा प्रहरीले गिरोहका पाँचै जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएकोछ । पक्राउ पर्ने सबै भारतीय नागरिक हुन् ।

भारतीय प्रहरीका अनुसार भारत लखिमपुर जिल्लाको ईशानगर थाना क्षेत्रको त्रिकोलिया निवासी मुस्ताक, फैजुल हसन, हसनपुर कटौली निवासी सलिम, वीरसिंहपुर निवासी अलिम र रायपुर गाउँ निवासी कुलदीप अवस्थीलाई पक्राउ गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

रुपैडिहा प्रहरी थानाका प्रमुख एसओ श्रीधर पाठकका अनुसार रुपैडिहा नजिकै नक्कली रुपैयाँ छाप्ने र बिव्रmी वितरण गर्ने गरिएको सूचनाका आधारमा बहराइच एटिएस र रुपैडिहा प्रहरीको संयुक्त रूपमा कारबाही गर्दा लखिमपुर जिल्लाका ती पाँच जनालाई पक्राउ गरिएको हो ।

उनले पक्राउ परेका पाँच जना सवार एक गाडीको तलासी गर्दा सो गाडीबाट ५२ हजार नक्कली भारतीय रुपैयाँ र पाँच हजार नक्कली नेपाली रुपैयाँसहित पैसा छाप्न प्रयोग गरिएको ल्यापटप, प्रिन्टर र कैँची लगायतका सामान बरामद गरिएको बताए ।

बहराइच जिल्लाका प्रहरी प्रमुख एसपी प्रशान्त वर्माले पक्राउ परेका सबैलाई नक्कली नोट र अन्य अपराधसम्बन्धी विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेर बहराइच कारागारमा पठाइएको जनाए ।

यसरी चिन्न सकिन्छ नक्कली नोट ?

(१) नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लालीगुराँस फूलको पानी छाप स्पष्टसँग दखिन्छ । नक्कली नोटमा पानी छाप स्पष्टसँग देखिँदैन ।
(२) नेपाली नोटको बुट्टालाई हातले छोएर हेर्दा यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिन्छ । नोट पुरानो हुँदै गएपछि नोटको यस्तो विशेषता कम हुँदै जान्छ ।
(३) ५०, एक सय, पाँच सय र एक हजार दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि (बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । तर, नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ ।
(४) नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सम्भव छैन । नक्कली नोटमा फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएको जस्तो देखिन्छ ।
(५) नेपाली नोट शतप्रतिशत कपासबाट र कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ ।

थप समाचार

करिब ६ लाख नेपाली नक्कली रुपैयाँसहित नेपालगन्ज न्यूरोडबाट २ जना पक्राउ

कसरी पक्राउ पर्‍यो नेपालगन्जबाट ६ लाख नेपाली नक्कली रुपैयाँ ?

नेपालगन्जको होटलबाट नक्कली नोट र ‘मेसिन’ बरामद

नेपालगन्जमा ५० र १०० का ‘नक्कली नोट’

एक लाख ४२ हजार नेपाली नक्कली नोट र बाघको हड्डीसहित ५ जना पक्राउ

नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ

नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

नक्कली रुपैयाँ छाप्ने मेसिन सहित २ जना पक्राउ

नक्कली नेपाली नोटसहित दुई नेपाली पक्राउ