नेपालगन्जमा भेटिएको ५० र एक सयको नक्कली नोट । तस्विरः सेतोखरी
नेपालगन्ज: केही दिन यता बाँकेको नेपालगन्जमा नक्कली नोटको बिगबिगी बढेको देखिएको छ । यस्ता नोटको कारोबार नहुँने भएपनि पछिल्ला दिन केही ठाउँमा नक्कली नोटको बिगबिगी बढ्न थालेको छ ।
नेपालगन्जमा ५० र एक सयको नोट नक्कली भेटिएको छ । यसअघि यहाँको उक निजि बैंकले नै उक हजारको नक्कली नोट सेवाग्राहीलाई दिएको घटना सार्वजनिक गरेको थियो । तर, उक्त बैंकमाथि अहिलेसम्म पनि राष्ट्र बैंकले कारबाही गर्न सकेको देखिदैन् । यसबिषयमा राष्ट्र बैंक नै गम्भीर हुन नसकेको आम सेवाग्राही बताउँछन् । राष्ट्र बैंकले भने यसरी बजारमा नक्कली नोट देखिए जफत गर्ने र यस्तो कारोवार गर्नेको खोजी गरि कानूनी दायरामा ल्याउने पटक÷पटक बताउँदै आएको छ ।
नेपालमा नक्कली नोटको समस्या त्यति आउँदैन् । तर, पछिल्लो समय भने नक्कली नोटको कारोबार बढेको देखिन्छ । यद्दपी यस्तो समस्या आउँदैन भनेर ढुक्क भएर बस्ने अवस्था भने नभएको राष्ट्र बैंकको ठहर छ ।
नक्कली नोटको आशंका हुने बित्तिकै राष्ट्र बैंकले त्यसलाई तुरुन्तै जफत गर्ने गरेको छ । जसकारण नक्कली नोटको प्रभाव कम हुने देखिन्छ । राष्ट्र बैंकले नक्कली नोटको पहिचान गर्न विभिन्न प्रचार–प्रसार कार्यक्रम तथा तालिमहरू दिँदै आएको छ । यद्यपी यसरी बजारमा नोट भेटिदा यसको प्रभावकारीतामा प्रश्न उठ्ने गरेको छ ।
यसरी चिन्न सकिन्छ नक्कली नोट ?
(१) नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लालीगुराँस फूलको पानी छाप स्पष्टसँग दखिन्छ । नक्कली नोटमा पानी छाप स्पष्टसँग देखिँदैन ।
(२) नेपाली नोटको बुट्टालाई हातले छोएर हेर्दा यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिन्छ । नोट पुरानो हुँदै गएपछि नोटको यस्तो विशेषता कम हुँदै जान्छ ।
(३) ५०, एक सय, पाँच सय र एक हजार दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि (बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । तर, नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ ।
(४) नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सम्भव छैन । नक्कली नोटमा फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएको जस्तो देखिन्छ ।
(५) नेपाली नोट शतप्रतिशत कपासबाट र कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ ।
नेपालगन्जमा भेटिएका यी दुवै नोटमा माथिको मापदण्ड कुनैपनि देखिएको छैन् ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ