नेपालगन्जमा ५० र १०० का ‘नक्कली नोट’


नेपालगन्जमा ५० र १०० का ‘नक्कली नोट’

नेपालगन्जमा भेटिएको ५० र एक सयको नक्कली नोट । तस्विरः सेतोखरी

नेपालगन्ज: केही दिन यता बाँकेको नेपालगन्जमा नक्कली नोटको बिगबिगी बढेको देखिएको छ । यस्ता नोटको कारोबार नहुँने भएपनि पछिल्ला दिन केही ठाउँमा नक्कली नोटको बिगबिगी बढ्न थालेको छ ।

नेपालगन्जमा ५० र एक सयको नोट नक्कली भेटिएको छ । यसअघि यहाँको उक निजि बैंकले नै उक हजारको नक्कली नोट सेवाग्राहीलाई दिएको घटना सार्वजनिक गरेको थियो । तर, उक्त बैंकमाथि अहिलेसम्म पनि राष्ट्र बैंकले कारबाही गर्न सकेको देखिदैन् । यसबिषयमा राष्ट्र बैंक नै गम्भीर हुन नसकेको आम सेवाग्राही बताउँछन् । राष्ट्र बैंकले भने यसरी बजारमा नक्कली नोट देखिए जफत गर्ने र यस्तो कारोवार गर्नेको खोजी गरि कानूनी दायरामा ल्याउने पटक÷पटक बताउँदै आएको छ ।

नेपालमा नक्कली नोटको समस्या त्यति आउँदैन् । तर, पछिल्लो समय भने नक्कली नोटको कारोबार बढेको देखिन्छ । यद्दपी यस्तो समस्या आउँदैन भनेर ढुक्क भएर बस्ने अवस्था भने नभएको राष्ट्र बैंकको ठहर छ ।

नक्कली नोटको आशंका हुने बित्तिकै राष्ट्र बैंकले त्यसलाई तुरुन्तै जफत गर्ने गरेको छ । जसकारण नक्कली नोटको प्रभाव कम हुने देखिन्छ । राष्ट्र बैंकले नक्कली नोटको पहिचान गर्न विभिन्न प्रचार–प्रसार कार्यक्रम तथा तालिमहरू दिँदै आएको छ । यद्यपी यसरी बजारमा नोट भेटिदा यसको प्रभावकारीतामा प्रश्न उठ्ने गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसरी चिन्न सकिन्छ नक्कली नोट ?
(१) नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लालीगुराँस फूलको पानी छाप स्पष्टसँग दखिन्छ । नक्कली नोटमा पानी छाप स्पष्टसँग देखिँदैन ।
(२) नेपाली नोटको बुट्टालाई हातले छोएर हेर्दा यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिन्छ । नोट पुरानो हुँदै गएपछि नोटको यस्तो विशेषता कम हुँदै जान्छ ।
(३) ५०, एक सय, पाँच सय र एक हजार दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि (बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । तर, नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ ।
(४) नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सम्भव छैन । नक्कली नोटमा फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएको जस्तो देखिन्छ ।
(५) नेपाली नोट शतप्रतिशत कपासबाट र कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ ।

नेपालगन्जमा भेटिएका यी दुवै नोटमा माथिको मापदण्ड कुनैपनि देखिएको छैन् ।