कसरी पक्राउ पर्‍यो नेपालगन्जबाट ६ लाख नेपाली नक्कली रुपैयाँ ?


कसरी पक्राउ पर्‍यो नेपालगन्जबाट ६ लाख नेपाली नक्कली रुपैयाँ ?

नेपालगन्ज २ फागुन : बाँकेको नेपालगन्जबाट मङ्गलबार बेलुका करिब ६ लाख नेपाली नक्कली रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेकोछ । नेपालगन्जको न्यूरोडबाट ३ जना नेपालीलाई नेपाली नक्कली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

नक्कली नेपाली रुपैयाँसहित पक्राउ पर्नेमा बाँकेका एकजनासहित ३ जना रहेको सेतोखरीलाई प्रहरीको उच्च स्रोतले बताएकोछ ।

सेतोखरीलाई प्राप्त उच्च प्रहरी स्रोतका अनुसार नक्कली रुपैयाँ बोकेर बाँकेको नेपालगन्ज न्यूरोडमा हिँडीरहेका ३ जनालाई पक्राउ गरि उनीहरुबाट करीब ६ लाख नेपाली नक्कली रुपैयाँ बरामत भएकोछ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका वडा नम्बर–११ बस्ने ३२ वर्षीय मोहन कुमाई, अछाम तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय दीपक विसी र सल्यान वनगाँड कुपेण्डे नगरपालिका–५ बस्ने ३० वर्षीय मोहन राना रहेको प्रहरी उच्च स्रोतले सेतोखरीलाई जानकारी दियो ।

Kids Festival 2022
kanti aarogya hospital

उनीहरुको साथबाट प्रहरीले एक हजारका नोट पाँच सय ६९ ओटा बरामत गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोडमा पैदल हिँडीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका मोहन रानाका साथबाट ४ सय १८ ओटा नक्कली नेपाली एक हजारको नोट (४ लाख १८ हजार) र मोहन कुमाइको साथबाट एक सय ५१ ओटा नक्कली नेपाली एक हजारको (एक लाख ५१ हजार) गरि कुल पाँच सय ६९ ओटा एक हजारका नक्कली नेपाली रुपैयाँ बरामत गरेकोछ । प्रहरीले कुल ५ लाख ६९ हजार नक्कली नेपाली रुपैयाँ बरामत गरेको हो ।

नक्कली नेपाली रुपैयाँ बोकेर हिँडीरहेका उनीहरुलाई गोप्य सूचनाको अधारमा प्रहरीको विशेष टोलीले पक्राउ गरेको प्रहरी उच्च स्रोतले सेतोखरीलाई जनाएको छ । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ।

थप समाचार

करिब ६ लाख नेपाली नक्कली रुपैयाँसहित नेपालगन्ज न्यूरोडबाट २ जना पक्राउ