नक्कली नेपाली नोटसहित दुई नेपाली पक्राउ


नक्कली नेपाली नोटसहित दुई नेपाली पक्राउ

नेपालगन्ज:नक्कली नेपाली नोटसहित दुई नेपाली पक्राउ परेकाछन् । भने अर्का एक जना फरार रहेकाको खोजी भइरहेकोछ । एक लाख १२ हजार नक्कली नेपाली रुपैयाँ सहित रामेछापमा दुई नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

रामेछाप ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले खाँडादेवी गाँउपालिका वडा नम्बर १ चुरे बस्ने ५२ वर्षीय ढकलालबहादुर तामाङ्ग र सोही गाँउपालिका वडा नम्बर २ लामा गुफा बस्ने ५२ वर्षीया सार्की तामाङ्ग रहेकाछ ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरीले तामाङको साथबाट १ हजार दरका २२ हजार रुपैयाँ र उनीहरुले विभिन्न व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाद्वय तामाङ्गले जलाउदिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको खुल्न आएकोछ । अनुसन्धानबाट यस्तो रहस्य खुले लगत्तै प्रहरीले फरार अन्सारीको खोजी गरिरहेको रामेछाप जिल्ला प्रहरी कार्यालयले जनाएकोछ ।