नेपालगन्ज:नक्कली नेपाली नोटसहित दुई नेपाली पक्राउ परेकाछन् । भने अर्का एक जना फरार रहेकाको खोजी भइरहेकोछ । एक लाख १२ हजार नक्कली नेपाली रुपैयाँ सहित रामेछापमा दुई नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
रामेछाप ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी चौकी लुभुघाटबाट खटिएको प्रहरीले खाँडादेवी गाँउपालिका वडा नम्बर १ चुरे बस्ने ५२ वर्षीय ढकलालबहादुर तामाङ्ग र सोही गाँउपालिका वडा नम्बर २ लामा गुफा बस्ने ५२ वर्षीया सार्की तामाङ्ग रहेकाछ ।
प्रहरीले तामाङको साथबाट १ हजार दरका २२ हजार रुपैयाँ र उनीहरुले विभिन्न व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाद्वय तामाङ्गले जलाउदिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको खुल्न आएकोछ । अनुसन्धानबाट यस्तो रहस्य खुले लगत्तै प्रहरीले फरार अन्सारीको खोजी गरिरहेको रामेछाप जिल्ला प्रहरी कार्यालयले जनाएकोछ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ