नेपालगन्ज : नक्कली मुद्रा र मेसिन सहित कारोबारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । योसगैं महेन्द्र नगरमा नक्कली रुपैयाँको कारोबार तथा छपाई सम्बन्धिको रहस्य बाहिरीएको छ ।
भिमदत्त नगरपालिका वडा नम्बर १८, महेन्द्रनगर बजारबाट कञ्चनपुर प्रहरीले आईतबार बेलुका नक्कली मुद्रा र मुद्रा बनाउने मेसिन सहित तीन जनालाई पक्राउ गरेको हो ।
महेन्द्रनगर बजार २ नम्बर गल्लि स्थित सानु धामीको फुटपात पसलमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १८ मा डेरा गरी बस्ने रितिका बम र उनका श्रीमान अनुज शर्माले खोटा मुद्राको कारोबार गरीरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले छापा हान्दा नक्कली मुद्रा र मुद्रा छाप्ने मेसिनसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएकोछ ।
पक्राउ परेका बम र शर्माका साथबाट एक हजार दरको नेपाली नोटका दुई थान बरामद गरेको थियो ।
प्रहरीले उनीहरु बस्ने डेरामा समेत खान तलासी गर्दा उनीहरुको कोठाबाट तयारी अवस्थामा रहेका खोटा नोटहरु, फोटोकपी पेपर, खोटा नोट बनाउने फोटोकपी र प्रिन्टर मेसीन, कैची लगायतका समाग्री बरामद गरेकाछ ।
पक्राउ परेका बम र शर्मालाई आवश्यक कारबाहीका लागि यतिबेला प्रहरी हिरासतमा राखी ५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ ।
यसैबीच, प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुर बस्ने २४ वर्षका दीपक नाथलाई नेपाली एक हजारको नक्कली रुपैयाँसहित पक्राउ गरेकोछ ।
नक्कली रुपैयाँ प्रयोग गरि उनले भिमदत्त नगरपालिका वडा नम्बर– ४ गोबरिया स्थित अरुण शाहको पसलमा सरसमान किनिरहेको भन्ने बिशेष सूचना पाएको प्रहरीले उनलाई रगेंहात पक्राउ गरेको हो । उनको खानतलासी गर्दा नक्कली एक हजार रुपैयाँको ३ थान नक्कली नेपाली रुपैयाँ बरामद गरि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेकोछ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ