नक्कली रुपैयाँ छाप्ने मेसिन सहित २ जना पक्राउ


नक्कली रुपैयाँ छाप्ने मेसिन सहित २ जना पक्राउ

नेपालगन्ज : नक्कली मुद्रा र मेसिन सहित कारोबारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । योसगैं महेन्द्र नगरमा नक्कली रुपैयाँको कारोबार तथा छपाई सम्बन्धिको रहस्य बाहिरीएको छ ।

भिमदत्त नगरपालिका वडा नम्बर १८, महेन्द्रनगर बजारबाट कञ्चनपुर प्रहरीले आईतबार बेलुका नक्कली मुद्रा र मुद्रा बनाउने मेसिन सहित तीन जनालाई पक्राउ गरेको हो ।

महेन्द्रनगर बजार २ नम्बर गल्लि स्थित सानु धामीको फुटपात पसलमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १८ मा डेरा गरी बस्ने रितिका बम र उनका श्रीमान अनुज शर्माले खोटा मुद्राको कारोबार गरीरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले छापा हान्दा नक्कली मुद्रा र मुद्रा छाप्ने मेसिनसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएकोछ ।

पक्राउ परेका बम र शर्माका साथबाट एक हजार दरको नेपाली नोटका दुई थान बरामद गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरीले उनीहरु बस्ने डेरामा समेत खान तलासी गर्दा उनीहरुको कोठाबाट तयारी अवस्थामा रहेका खोटा नोटहरु, फोटोकपी पेपर, खोटा नोट बनाउने फोटोकपी र प्रिन्टर मेसीन, कैची लगायतका समाग्री बरामद गरेकाछ ।

पक्राउ परेका बम र शर्मालाई आवश्यक कारबाहीका लागि यतिबेला प्रहरी हिरासतमा राखी ५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ ।

यसैबीच, प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुर बस्ने २४ वर्षका दीपक नाथलाई नेपाली एक हजारको नक्कली रुपैयाँसहित पक्राउ गरेकोछ ।

नक्कली रुपैयाँ प्रयोग गरि उनले भिमदत्त नगरपालिका वडा नम्बर– ४ गोबरिया स्थित अरुण शाहको पसलमा सरसमान किनिरहेको भन्ने बिशेष सूचना पाएको प्रहरीले उनलाई रगेंहात पक्राउ गरेको हो । उनको खानतलासी गर्दा नक्कली एक हजार रुपैयाँको ३ थान नक्कली नेपाली रुपैयाँ बरामद गरि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेकोछ ।