नेपालगन्जको होटलबाट नक्कली नोट र ‘मेसिन’ बरामद


नेपालगन्जको होटलबाट नक्कली नोट र ‘मेसिन’ बरामद

सांकेतिक तस्विर

नेपालगन्ज ३ माघ : बाँके प्रहरीले नेपालगन्जको धम्बोझी चोक नजिक एक होटलबाट नक्कली नोट छाप्न प्रयोग गरिएको ‘मेसिन’ र नक्कली नोट बरामद गरेकोछ ।

नेपालगन्जको धम्बोझी चोक नजिक रहेको होटल पाहुना घरबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत पुष २९ गतेदेखि बास बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको हो ।

३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठा खोल्दा नेपाली ५० रुपैयाँका केही थान नक्कली नोटसहित नक्कली नोट छाप्न प्रयोग गरिएको प्रिन्टर ‘मेसिन’ बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले घटनाका बारेमा अनुसन्धान गरिरहेको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेकोछ, होटलको उक्त कोठामा बस्दै आएको ब्यक्तिको ब्यापक खोजविन भइरहेको बाँके प्रहरीले सेतोखरीलाई जनाएकोछ ।