सांकेतिक तस्विर
नेपालगन्ज ३ माघ : बाँके प्रहरीले नेपालगन्जको धम्बोझी चोक नजिक एक होटलबाट नक्कली नोट छाप्न प्रयोग गरिएको ‘मेसिन’ र नक्कली नोट बरामद गरेकोछ ।
नेपालगन्जको धम्बोझी चोक नजिक रहेको होटल पाहुना घरबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत पुष २९ गतेदेखि बास बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको हो ।
३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठा खोल्दा नेपाली ५० रुपैयाँका केही थान नक्कली नोटसहित नक्कली नोट छाप्न प्रयोग गरिएको प्रिन्टर ‘मेसिन’ बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।
बाँके प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले घटनाका बारेमा अनुसन्धान गरिरहेको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेकोछ, होटलको उक्त कोठामा बस्दै आएको ब्यक्तिको ब्यापक खोजविन भइरहेको बाँके प्रहरीले सेतोखरीलाई जनाएकोछ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ