नेपालगन्ज :भारतबाट लुकाई छिपाई नेपाल ल्याउदै गरेको एकहजार किलो छोहारा भन्सार राजस्व गस्तीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको छोहारा आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको छ ।
भन्सारमा खटेको सशस्त्र प्रहरीको राजस्व तथा भन्सार गुल्म ४० का ईन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक नबराज बोहराको कमाण्डमा गस्तीमा निस्केको टोलीले विहीबार राती ११ बजे पिप्रहवाको नयाँबस्ती क्षेत्रको दशगजा नजिकै स्थानीय देवीप्रसादको घर पछाडि लुकाएर राखेको अवस्थाम २० बोरा छोहरा नियन्त्रणमा लिएको हो ।
भन्सार कर्मचारीसहितको राजस्व नियन्त्रण गस्तीमा निस्केको सो टोलीले बरामद गरेको सो छोहाराको मुल्य करिव १ लाख ५० हजार रहेको छ । भन्सार चोरीछली नेपालगन्ज ल्याउनलाई खरले छोपेर राखिएको अवस्थामा सो छोहरा गस्तीमा निस्केको टोलीले नियन्त्रणमा लिएको थियो ।
पर्वहरु नजिकिदै गर्दा सीमा क्षेत्रमा भन्सार छलेर विभिन्न प्रकारका सामान नेपाल भित्र्याउने तथा नेपालबाट भारत लैजाने कार्यमा सक्रिय विरुद्ध गस्ति परिचालन
गरिदा सफलता प्राप्त भएको हो ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी