२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनमा सघाउन तयार भएको छ । गएराति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको छलफलपछि एमालेले बैठकमा अवरोध नगर्न तयार भएको हो ।
बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठकमा अवरोध गर्दै आएको थियो । मंगलबारको बैठक एमालेले बहिष्कार गरेको थियो । यद्यपि एमालेको बहिस्कारका बीच आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेश सभाले पारित गरेको थियो ।
बुधबार दिउँसो १ बजे पनि प्रदेश सभाको बैठक राखिएको छ । बैठकको पूर्वसन्ध्यामा सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चौधरी, नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरीसहितको बैठक बोलाएका थिए ।
सो बैठकमा एमालेले उठाउँदै आएका मागका सम्बन्धमा मुख्यमन्त्री चौधरीले आजको बैठकमा सम्बोधन गर्ने र एमालेले सदन संचालनमा अवरोध नगर्ने सहमति भएको एमालेका प्रमुख सचेतक चौधरीले जानकारी दिए ।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले पनि सदन सन्चालनबारे सहमति जुटेको बताए । उनले आजको बैठकमा सबैभन्दा पहिले मुख्यमन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिए ।
एमालेले असार १३ गतेदेखि बजेटमाथिको छलफलमा अवरोध गर्दै आएको थियो । मंगलबारको बैठकमा एमालेले बजेट किताब च्यातेर बहिस्कार गरेको थियो । त्यसपछि सभामुख घर्तीमगरले बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरेका थिए । लगत्तै उनले नै सदनको काम कारबाही अघि बढाउनका लागि पहल सुरु गरेका थिए । अनलाइन खबर डटकमबाट
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य