नेपालगन्ज : एक बर्षको अवधीमा ट्राफिक प्रहरी बाँकेले ३१ हजार ६ सय ६७ सवारी साधनलाई कारवाही गरेको छ । बर्षमा ट्राफिक नियम उल्लघन गरेका सवारी साधन कारवाहीमा परेका हुन् ।
कारबाहीमा पर्ने सवारी साधनको संख्याले ट्राफिक प्रहरीको सक्रियता देखाएपनि सडक दुर्घटनामा भने कमी आएको छैन । बाँकेमा अघिल्ला बर्षमा भन्दा यसपाली दुर्घटना बढेका छन् ।
प्रहरीले भने राजस्व असुलीमा भन्दा दुर्घटनामा न्यूनिकरण र ट्राफिक नियमको पालनामा जोड दिएर कारबाही गरीएको दावी गरेको छ । प्रहरीको तथ्याकं अनुसार ट्राफिक नियम उल्लघन गर्नेमा एक नम्बरमा ट्रक र दोश्रो नम्बरमा मोटरसाइकल देखिएका छन ।
यसैबीच प्रदेशका १२ जिल्लामा करिब साढे दुइ लाख सवारी साधन कारबाहीमा परेका छन । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आर्थिक वर्ष २०७५०७६ मा ट्राफिक नियम उल्लङघन गर्ने २ लाख ४३ हजार ७५६ वटा सवारी साधनलाई कारवाही गरेको छ । ट्राफिक नियम विपरित संचालन गरिएका ती सवारी कारवाहीबाट १८ करोड ७७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक बर्षमा प्रदेशमा ९१ हजार ८४६ वटा ट्रक कारबाहीमा परेका छन । ट्राफिक नियम उल्लघन गर्ने ती ट्रकबाट जरीवाना बापत ५ करोड ४७ लाख ५० हजार राजश्व संकलन भएको छ ।
५५ हजार ८४ वटा मोटरसाइकल प्रहरी कारबाहीमा परेका छन । ती मोटरसाइकलको कारबाहीबाट ३ करोड ३७ लाख २८ हजार राजश्व संकलन भएको छ । कारबाहीमा परेका २३ हजार ८२९ वटा बसबाट १ करोड ४० लाख १५ हजार जरीवाना असुल भएको छ ।
३६ हजार ८४५ वटा जिपकार भ्यान कारबाहीमा परेका छन । जसबाट जरीवाना स्वरुप २ करोड ४७ लाख संकलन भएको छ । कारबाहीमा परेका २९ हजार ३३० वटा टेक्टरबाट १ करोड ६९ लाख ६५ हजार जरीवाना असुल गरीएको छ । कारबाहीमा परेका ६ हजार ८ सय २२ वटा टेम्पोबाट टेम्पोबाट जरीवानाको ४२ लाख ९३ हजार राजस्व संकलन भएको छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी