बोटिङ्ग विहारमा बालबालिका प्रयोग


बोटिङ्ग विहारमा बालबालिका प्रयोग

रानीतलाउमा रहेको बोटिङ्ग विहारमा प्रयोग भएका बालबालिका । तस्बिर सौजन्य: खगेन्द्र दाहाल

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको रानी तलाउ बोटिङ्ग विहारमा बालबालिकाको प्रयोग भएको पाइएको छ । बोटिङ्ग सन्चालन गर्ने ठेकेदारहरुले बोटिङ्ग विहारको काममा बालबालीकाको प्रयोग गर्ने गरेका हुन् । तलाउमा घुम्न आउने र बोटिङ्गको आनन्द लिनेको संख्या दिन प्रतिदिन वढ्दै गएको छ ।

तर, बोटिङ्गको काम १२ वर्ष उमेरका बालबालिकाले गरीरहेका छन् । उनीहरुले बोटिङ्ग गर्दा अनिवार्य लगाउनुपर्ने लाइफ ज्याकेट राम्रोसगं लगाउन नसिकाउने गरेको सेवाग्राहीको गुनासो छ ।

उनीहरुको काम गराइले दुर्घटनाको जोखिम रहेको उनीहरुको भनाई छ । तलाउका १२ वर्षिय कामदार बालक साहिल खाँनले आफुसंगै ६÷७ जना यो काम
गरिरहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले तलाउको काममा बालबालिका प्रयोग भएको आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए ।  बालबालिकाको प्रयोग गर्ने ठेकेदारलाई समेत कारबाही गरिने उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबिच, रानीतलाउमा सन्चालित ४ वटा डुंगामध्य २ वटा विग्रिसकेका छन् । पर्यटकहरुले यहाँका कर्मचारीहरुको व्यवहार पर्यटकमैत्री नभएको गुनासो गरेका छन् । बोटिङ्ग र प्रवेशमा बालबालिकालाई दिइने छुट पनि नदिइएको उनीहरुको भनाई छ ।

५ वर्ष मुनिका बालबालिकालाई निःशुल्क डुंगाको व्यवस्था भनेर बोर्डमा लेखिएको भएपनि ठेक्का लिएकाहरुले भने जबरजस्ती रकम लिने गरेको सेवाग्राहीको गुनासो छ।