नेपालगन्ज: कोहलपुर नगरपालिकाले सार्वजनिक गरेको नतिजामा श्रीमतीको नाम नपरेको भन्दै एक युवाले कोहलपुर नगरपालिकामा तोडफोड गरेका छन् ।
कोहलपुर नगरपालिका अन्तर्गत नगर स्वास्थ्य शाखाले शुक्रबार कार्यालय सहयोगी पदको नजिता सार्वजनिक गरेको थियो । सोही पदका लागि कोहलपुर ८ हवल्दारपुरकी एक महिलाले आवेदन दिएकी थिईन । तर, नजिता प्रकाशन गर्ने क्रममा उनको नाम ननिस्कीएको भन्दै महिलाका श्रीमान तिलक विश्वकर्माले नगरपालिका कार्यालयमा तोडफोड गरेका हुन ।
शनिबार नजिता हेर्न नगरपालिका पुगेका विश्वकर्माले प्रकाशित नतिजामा श्रीमतीको नाम नदेखेपछि सूचना पाटीमा तोडफोड गर्नुकासाथै गमला तथा झ्यालमा समेत क्षती पु¥याएको नगरपालिका कार्यालयले जनाएको छ ।
स्थानीय नेताहरुले कार्यालय सहयोगी पदमा नाम निकालिदिने आश्वासन दिदैं आएको भएपनि अन्तिम नतिजामा श्रीमतीको नाम नपरेपछि आक्रोशित भएका विश्वकर्माले नगरपालिका कार्यालयमा तोडफोड गरेको खुल्न आएको छ ।
घटना लगत्तै कोहलपुर प्रहरीले विश्वकर्मालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार विश्वकर्मालाई सार्वजनिक अपराध अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाईएको बताएको छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी