एमाले बाँकेको ९ औं जिल्ला अधिवेशन
नेपालगन्ज ७ जेठ : नेकपा (एमाले) बाँकेको नवौं जिल्ला अधिवेशनमा सबैभन्दा बढि मत प्राप्त गर्दै जिल्ला सदस्यमा अनिता थापा निर्वाचित भएकी छन् । अधिवेशनमै अन्य उम्मेदवारले पाएको कुल मत भन्दा धेरै मत प्राप्त गर्दै जिल्ला सदस्यमा थापा निर्वाचित हुँदै रेकर्ड कायम गर्न सफल भएकी हुन् ।
अधिवेशनमा कुल ४ सय ५८ मत खसेको थियो । अनिताले कुल खसेको मतमा सबैभन्दा बढि ३५० मत प्राप्त गरेकी हुन् । कुल मतदाता ४६६ रहेकोमा जम्मा ४५८ मत खसेको थियो । सोमबार सकिएको मत गणाना अनुसार सदस्य महिला खुल्लातर्फ थापाले उक्त मत प्राप्त गर्दै लोकप्रिय नेताको नाममा आफूलाई उभ्याउन सफल भएकी छन् ।
थापाले प्राप्त गरेको यो मत नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनमा अन्य उम्मेदवारले प्राप्त गरेको मत भन्दा सबैभन्दा बढि मत हो । जिल्ला अधिवेशनबाट सदस्य महिला खुल्लाका लागि ४ जना चुनिने व्यवस्था रहेको थियो । तर, प्रतिस्प्रधाका लागि ७ जना महिला उम्मेदवारले आफ्नो उम्मेदवारी दिएका थिए ।
अनिताले अधिवेशनमै सबैभन्दा बढि ३५० मत प्राप्त गर्दै रेकर्ड दर्ज गर्न सफल भइन् ।