दाङ: दाङको रिहारमा मोटरसाईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएकोछ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–९ रिहारमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मोटरसाईकल दुर्घटनामा परि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का रमेश बस्नेत र दाङ घोराही–५ धर्नाका बिनोद बस्नेतको मृत्यु भएको प्रहरीले जनाएकोछ ।
शनिबार दिउँसो मृतकद्वय सवार रा ३ प ११३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाईते भएका उनीहरुको उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका रमेशको लमही अस्पतालमा र बिनोदको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्जवल थपलियाले जनाएकाछन् ।
उनीहरू चढेको मोटरसाइकललाई गाडीले ठक्कर दिएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । तर, गाडीको पहिचान भएको छैन । घटना लगत्तै प्रहरीले ठक्कर दिने गाडीको पहिचान र खोजी कार्यलाई अगाडी बढाएकोछ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी