नेपालगन्ज १२ जेठ : देशकै चर्चित बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डाक्टर नूतन शर्माले बी एण्ड बी हस्पिटल प्रालिमा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने भएकीछिन् ।
हालै मात्र थापाथलीस्थित नर्भिक अस्पतालसँगको सहकार्य तोडेकी डाक्टर शर्माले केही विश्वस्तरीय सेवा तथा प्रविधिलाई समेत भित्र्याएर बि एण्ड बी अस्पतालमा (भोली)आईतबारदेखि पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने तयारी गरेकी हुन् ।
डाक्टर शर्माले बि एण्ड बी अस्पतालमा प्रत्येक साताको आईतबारदेखि शुक्रबारसम्म (६ दिन) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिनेछिन् ।
नर्भिक छाडेर आफू बी एण्ड बी हस्पिटलमा आबद्ध भएको पुष्टि गर्दै डाक्टर शर्माले देशमै पहिलोपटक रोबोटिक ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु गर्न लागिएको समेत बताएकी छिन् ।
‘बी एण्ड बी गाइनेक ल्याप्रोस्कोपिक रोबोटिक सर्जरी सेवा सुरु गर्ने नेपालकै पहिलो अस्पताल बन्नेछ ।’ डाक्टर शर्माले भनिन्–‘केही समयपछि हामीले बी एण्ड बीमै वल्र्ड क्लासको एड्भान्स र अत्याधुनिक आईभिएफ सेन्टर समेत सञ्चालन गर्नेछौं । त्यसको पूर्व तयारी समेत थालिसकिएको छ ।’
नवचिकित्सकहरुका लागि विश्वस्तरीय आईभिएफ ट्रेनिङ इन्स्टिच्यूट समेत सञ्चालन गरिने डाक्टर शर्माले जानकारी दिइन् । ‘त्यस्तो इन्स्टिच्यूटमा युवा चिकित्सक, प्यारामेडिक्स र मेडिक्सहरुलाई बेसिक र एड्भान्स ट्रेनिङ दिइनेछ ।’ डाक्टर शर्माले भनिन् ।
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, ८ जना जलेर घाइते, दुईजना गम्भिर
डाेल्पामा बाक्लाे हिमपात : हिउँमा हराए ६ जना भारतीय
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप :२४ स्वर्णसहित सगरमाथा क्लब शीर्षस्थानमा
कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन
पत्रकारमाथि धरपकड: सरकारलाई छानबिन गर्न रास्वपाको निर्देशन, अरु के के निर्णय भयो?
बाढीले बगाएको त्रिभुवन त्रिशूली माबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र मनोसामाजिक परामर्श