जनतामा निराशा बढ्यो: डा. महत


नेपालगन्ज : नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतले दुई तिहाईको सरकार गठन भएको एक बर्ष नपुग्दै जनतामा निराशा बढेको बताएका छन् ।


काँग्रेस बाँकेले सोमबार पार्टी कार्यालय नेपालगन्जमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा. महतले वर्तमान
सरकारले गफ बाहेक अरु केही गर्न नसकेका कारण जनतामा निराशा छाएको बताए ।  ‘शुरुमा सबै थोक गर्छौं भनेर गफ दिने अहिले सिन्का पनि भाँच्न नसक्ने सरकारप्रति जनताको भरोसा टुटेको छ,’ पूर्व अर्थमन्त्री समेत रहेका डा. महतले भने ।

Kanti Aarogya Hospital Nepalgunj


काँग्रेसले अप्ठेरो परिस्थितका बाबजुद् पनि देश बनाउन धेरै काम गरेको बताउँदै उनले काँग्रेसले
गरेका कामहरुको चर्चा गर्नुपर्नेमा जोड दिए ।  डा.महतले काँग्रेसको ईतिहास गौरवपूर्ण रहेको र त्यसबाट प्रेरणा लिँदै अब का“ग्रेसलाई सशक्त पार्टी बनाउन सबै लाग्नुपर्ने बताए ।


केन्द्रिय सदस्य चन्द्र भण्डारीले काँग्रेसले आफूलाई अब उर्जाशील बनाएर लैजाने बताए । सरकारले गलत गरिरहे प्रजातन्त्र भनेर ५ बर्षसम्म चुप लागेर नबस्ने चेतावनी दिए । रुकुममा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा काँग्रेस बाँकेले कार्यकर्ता भेटघाट कार्यक्रम राखेको हो । काँग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा भएको थियो ।