रविसहित पक्राउ परेका तीनै जनाको म्याद थप गरिदैं
चितवन:दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधित क्षेत्र घोषणा गरेको छ । भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म जिल्ला प्रशासन कार्यालय, चितवनले निषेधित क्षेत्र घोषणा गरेको हो ।
निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछानेलगायतका सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि सो क्षेत्रमा प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले उक्त क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको हो ।
चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको बताए ।
यस्तै, जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रर्दशनमा रोक लगाइएको बताए ।
यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति जनाएकाछन् ।
रवि लामिछानेलगायतका सञ्चारकर्मी पक्राउको विषयलाई लिएर पक्ष र विपक्षमा नाराबाजी हुन थालेपछि सो क्षेत्रमा क्रियाशील राजनीतिक दलहरूले हिजो आईतबार यस्तो सहमति गरेका हुन् ।
उनीहरुले घटनाबारे निष्पक्ष छानविनका लागि सहयोग गर्न र शान्तिपूर्ण प्रर्दशन गर्न सवैलाई आग्रह गरेका छन् ।
पत्रकार पुडासैनी साउन २० गते चितवनको नारायणगढ, बसपार्क स्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको मृत्यु रहस्मय भएकाले सोबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठ्दै आएको थियो ।
पत्रकार पुडासैनीको मृत्युको घटना र पत्रकाउ परेका सञ्चारकर्मी लगायतका ब्यक्तिका पक्ष तथा विपक्षमा विरोध हुन थालेपछि पछिल्लो समय जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको छ ।
पत्रकार लामिछानेसहितका तीनमाथि जिल्ला प्रहरी कार्यालय, चितवनले साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको हो । स्रोतका अनुसार, अनुसन्धान नसकिएकाले प्रहरीले भोलि पुनः म्याद थपका लागि लामिछानेसहितका तीनै जनालाई अदालतमा उपस्थिति गराउने तयारी गरिरहेको छ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी