वीरगञ्ज २२ जेठ : नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । योसंगै एकीकृत समाजवादीका २ मन्त्री मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगे ।
एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेकी बेची लुङ्गेलीले मुख्यमन्त्री यादव कार्यालयमा नभएकाले उनलाई प्रतीक्षा गरिरहेको बताइन् । उनले मुख्यमन्त्री कार्यालयमा नआए पनि आफूहरू भने राजीनामाको प्रक्रिया पूरा गरेर फर्किने बताइन् ।
एकीकृत समाजवादीको तर्फबाट गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मधेस सरकारकामा सहभागी थिए ।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व