वीरगञ्ज २२ जेठ : नेकपा एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । योसंगै एकीकृत समाजवादीका २ मन्त्री मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगे ।
एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेकी बेची लुङ्गेलीले मुख्यमन्त्री यादव कार्यालयमा नभएकाले उनलाई प्रतीक्षा गरिरहेको बताइन् । उनले मुख्यमन्त्री कार्यालयमा नआए पनि आफूहरू भने राजीनामाको प्रक्रिया पूरा गरेर फर्किने बताइन् ।
एकीकृत समाजवादीको तर्फबाट गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मधेस सरकारकामा सहभागी थिए ।
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ