केयर सिटी अस्पतालको सेवा विस्तार, चिकित्सकद्वारा २४ सैं घण्टा उपचार


विजय मल्ल विजय मल्ल   शुक्रबार, जेठ २५, २०८१
केयर सिटी अस्पतालको सेवा विस्तार, चिकित्सकद्वारा २४ सैं घण्टा उपचार

नेपालगन्ज २५ जेठ : नेपालगन्जको भुजई गाउँमा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको केयर सिटी अस्पताल थप सेवा सुविधा सहित सञ्चालनमा आएकोछ । बिरामीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य उपचार सेवा दिइरहेको केयर सिटी अस्पतालले अब २४ सैं घण्टा चिकित्सकसहितको सेवा दिने भएकोछ । 

१५ बेड क्षमताबाट सेवा दिइरहेको केयर सिटी अस्पतालले स्वास्थ्य तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुको आबद्धतामा आफ्नो सेवा विस्तार गरेकोछ । इमरजेन्सी, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, एक्सरे तथा भिडियो एक्सरे सेवासहित २४ सैं घण्टा चिकित्सकको उपलब्धतामा अस्पतालले आफ्नो सेवा विस्तार गरेको हो । 

यो पनि पढ्नुहोस्  निशन्तानका लागि केयर सिटी अस्पताल

आफ्नो सेवा विस्तार गरेको केयर सिटी अस्पतालमा आइसियु, एनआइसीयु, भेन्टिलेटर, अप्रेशन कक्ष र अत्याधुनिक प्रयोगशालाको सुविधा थपिएकोछ । करिब २० करोडको लागतमा एक विघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको अस्पतालमा बालरोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग, निसन्तान तथा बाँझोपन, हाडजोर्नी, न्यूरो सर्जरी, नाक कान घाँटी, जनरल सर्जरी तथा रेडियो विभाग रहेको अस्पतालका प्रबन्ध निर्देशक सन्तोष साहले बताए । 

प्रबन्ध निर्देशक साहका अनुसार केयर सिटी अस्पतालले प्रत्येक महिना काठमाण्डौंबाट आईभिएफ विशेषज्ञ, इण्डोक्राइनोलोजिष्ट तथा न्यूरो फिजिसिन जस्ता सुपर स्पेसियालिटी डाक्टरहरु उपलब्ध गराई सेवा प्रदान गरिरहेकोछ । 

Care_city_hospital_npj_4-1717768693.jpg
नेपाल र भारतको ख्याति प्राप्त मेडिकल कलेजमा अध्ययनरत नेपालगन्जकै युवा चिकित्सकहरुको टिमबाट सञ्चालन हुँदै आएको केयर सिटी अस्पतालमा १७ जना विशेषज्ञ चिकित्सक, २ जना मेडिकल अफिसर, २१ जना नर्सिङ स्टाफसहित ७२ जनाको टिम रहेकोछ । 

केयर सिटी अस्पताललाई निकट भविष्यमै ५० बेड क्षमताका साथ सञ्चालन गर्नका लागि आवश्यक पर्ने पूर्वाधार, जनशक्ति तथा साधन श्रोतको व्यवस्थापन स्वीकृतिका लागि प्रकृया प्राप्त भइसकेको केयर सिटी अस्पतालका अध्यक्ष बालरोग विशेषज्ञ डाक्टर विष्णुकुमार थापाले जानकारी दिए ।

यसैबीच, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ भुजई गाउँ स्थित केयर सिटी अस्पतालको विस्तारित सेवाको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उद्घाटन गरे । 

Care_City_Hospital_Npj-2-1717056455.jpg
शुक्रबार एक समारोहकाबीच नेपालगन्जका मेयर विष्टले पश्चिम नेपालकै केन्द्र विन्दु नेपालगन्जमा रहेर स्वास्थ्य जस्तो गम्भीर तथा अत्यावश्यक कुरामा चिकित्सकको २४ सैं घण्टा निगरानीमा सेवा प्रदान गरिनु हाम्रा लागि सुखद् क्षण भएको बताए । उनले अस्पतालको सफलता कामना गर्दै आमनागरिकलाई बढि भन्दा बढि सेवा प्रदान गरिनेमा ढुक्क रहेको बताए ।