जघन्य अपराधमा आर्थिक चलखेल, १० पक्राउ


जघन्य अपराधमा आर्थिक चलखेल, १० पक्राउ

नेपालगन्ज : आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा उनीहरुले पीडित पक्षसँग चार लाख लेनदेनमा मुद्दा मिलाउन खोजिरहेको अवस्थामा अभियुक्त र पीडित दुबै पक्षका १० जनालाई पक्राउ गरेको डिएसपी रमेशबहादुर सिंह बताउँछन् ।

‘बलात्कार जस्तो जघन्य अपराध आर्थिक लेनदेनमा मिलाउन खोज्ने दश जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको डिएसपी सिंहले बताए ।

प्रहरीकाअनुसार कोहलपुरका नैनसरा बादी, दुर्गा नेपाली, पार्वती नेपाली, दल बहादुर दमाई, टिकाराम परियार, ईश्वरी परियार, जिवन थापा र सितल चनारा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

पीडित बालिकाका बुवाले नाताले ज्वाँई पर्ने दमाईले आर्थिक लेनदेनमा मुद्दा मिलाउन दवाव दिएको आरोप पनि लगाएका छन् । प्रहरीले घटना मिलाउन दवाव दिने गिरोहलाई पक्राउ गरेको बताए । प्रहरीले बलात्कृत बालिकाको स्वास्थ्य अवस्थामा सुधार आईरहेको बताएको छ ।

यसैबीच बलात्कारको आरोप खेपिरहेका बाँकेको कोहलपुर निवासी गोविन्द दमाईलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । प्रहरीकाअनुसार उनी फरार थिए ।

करिब ६ वर्षिया बालिका बलात्कारमा संलग्न रहेको आरोप खेरिहेका गोबिन्दलाई बैजनाथ गाउँपालिका गाभरबाट नियन्त्रणमा लिईएको हो ।
कोहलपुर नगरपालिका ११ शान्तीनगर बस्ने ३८ वर्षिय दमाईले गत असार २१ गते सोही ठाँउकी एक ६ वर्षिया बालिकालाई बलात्कार गरेका थिए । त्यसपछि उनी फरार थिए ।

पीडित पक्षले असार २४ गते ईलाका प्रहरी कार्यालय कोहलपुरमा दमाईको नाममा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले भदौ ४ गते दमाईलाई नियन्त्रणमा लिएको कोहलपुरका डिएसपी सिंह बताउँछन् ।