नेपालगन्जः दाङबाट नेपालगन्ज आउँदै गरेको बा २ ख १८९७ नम्बरको हायस दुर्घटना भएको छ । नेपालगन्ज–कोहलपुर सडकखण्डको कारकाँदो स्थित सडक विभाग नजिक दाङबाट नेपालगन्ज आउदै गरेको सो हायस शुक्रबार राती साढे ९ बजे दुर्घटना भएको हो ।
तिव्र गतिमा नेपालगन्ज आइरहेको हायस अनियन्त्रित भई सडक विचमा रहेको डिभाइडरमा ठोक्किर उछिट्टिएको हायस ग्रिनबेल्टको सोलार बत्तिको पोलमा ठोक्किदाँ चार जना घाइते भएका छन् ।
घाईतेहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेकोछ । हायस दुर्घटनामा परि चक्रबहादुर रावत, टिका देवकोटा, वारिस वेहना र मेराज साई गम्भीर घाइते भएको मेडिकल कलेज सुरक्षार्थ खटिएका प्रहरी हवल्दार टंक सोनीले जानकारी दिए । घाईते चक्रबहादुर रावत हायस चालक भएको प्रहरी हवल्दार सोनीले बताए ।
हायस गाडी चालक ३८ वर्षिय चक्रबहादुर रावत, हायसमा सवार ४२ वर्षिय टिका देवकोटाको टाउकोमा गम्भीर चोट लागेका कारण अवस्था गम्भीर रहेको छ भने १८ वर्षिय वारिस बेहेना र १४ वर्षिय मेराज साईको अवस्था सामान्य रहेको उनले बताए ।
दुर्घटनाग्रस्त हायसमा चालक चक्रबहादुर रावत र टिका देवकोटामात्र सवार थिए भने घाईते वारिस र मेराज पैदल यात्रु भएको उनले बताए ।
सोलार विजुलीको पोलमा ठोकिएको हायसको अगाडीको भाग पुरै क्षती भएकोछ ।
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी